Menu

बाख्रालाई घाँस काट्दा चिउरीको रुखबाट खसेर मृत्यु

दिनेश शर्मा, खर्वाङ २०७५ बैशाख २ । बडीगाड गाउपालिका ६ घ्वाङ् रातामाटा भन्ने ठाउमा स्थानिय ५२ वर्षीय मोहन बहादुर पाइजाको रुख बाट लडेर मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ ।

बिहान ७ बजेको समयमा घर नजिकै बाख्रालाई घाँस काट्दै गर्दा चिउरीको रुख बाट लडेर घाइते भएका पाइजालाई बडिगाड ५ खार स्थित बडीगाड पोलिक्लिनिकमा सामान्य उपचार पछि एम्बुलेन्समा पाल्पा रिफर गरिएको र गुल्मीको भुवाचिदी पुग्दा मृत्यु भएपछी अहिले घरतर्फ ल्याइ दाहसंस्कारको तयारी भैरहेको गाउपालिका अध्यक्ष मेहरसिह पाइजाले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *