गनपा – १ दुदिलाभाटीमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

गल्कोट २०७५ बैशाख २ । गल्कोट नगरपालिका दुदिलाभाटीमा हालै भएको सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै नगरप्रमुख भरत शर्मा गैरेले यस्ता सार्वजनिक सुनुवाई कार्यक्रमबाट स्थानियका समस्या बुझन सजिलो हुने बताए ।

गनपाको आर्थिक सहयोग र गल्कोट एफएमको आयोजनामा गल्कोट नगरपालिका वाड नम्बर १ दुदिलाभाटीमा हालै आयोजना गरिएको सार्वजनिक सुनुवाई कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख गैरेले सञ्चार माध्यमले जनप्रतिनिधिहरुप्रति स्थानिय उपभोक्ताहरुसँग भएको गुनासो तथा जिज्ञासा मेटाउने प्रयास गरेको बताए ।

सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानियका गुनासाहरु प्रत्यक्ष सुन्नपाईने भएको भन्दै गैरेले यसले समृद्धि र सुशासनकालागी महत्वपुर्ण भुमिका खेल्ने बताए । कार्यक्रममा बमबहादुर गुरु, खडक गुरु, राजेन्द्र कुबर, ईन्द्रसिह बुढाथोकि, हरि काउचा, बम बहादुर पुन, डोल बहादुर कुबर, हिरा घर्ति, हेम बहादुर खड्का, रिता भण्डारी, होम बहादुर गुरु, जीवन भण्डारी लगायतले आफआफनो जिज्ञासा र गुनासो जनप्रतिनिधिहरु बिच राखेका थिए ।

कार्यक्रममा बोल्नेहरुले प्रक्रियागत रुपमा भएको काममापनि फरफारक गर्न समस्या पर्ने गरेको, स्थानिय उपभोक्ताहरुमा आयोजना निर्माण सम्बन्धि कामगर्ने बिषयमा जनचेतनाको अभाव, अन्य वाडको तुलनामा वाड नम्बर १ मा बजेट कम बिनियोजन भएको, बिनियोजित बजेट अनुसार मोटरबाटो, खानेपानी लगायतका क्षेत्रमा कामगर्दा प्रक्रियागत रुपमा गर्न गाह्रो हुने गरेको लगायतका गुनासो गरेका थिए ।

कार्यक्रममा उठेका गुनासा तथा जिज्ञासालाई वाड अध्यक्ष नेत्र बहादुर बुढाथोकि, महिला सदस्यदुर्गा पुन, वाड सदस्यपदमकार्की, तुलबहादुर खत्री र वाड सचिवकाशिरामशर्माले सहजिकरण गरेका थिए ।

कार्यक्रमको सहजिकरण गर्ने ब्यक्तिहरुले वाडमा कृषि, पर्यटन, महिला सम्बन्धिशिर्षकमा बजेट नभएको, सबै योजनाहरुको उपभोक्ता समिति गठन भएको र केहिकालागीमात्र समिति गठन गर्न बाकिभएको बताएका थिए। कार्यक्रमको औचित्य प्रकाश गल्कोट सुचना तथा सञ्चार सहकारी सस्थाका अध्यक्ष गुमानसिह बुढाथोकीले गरेका थिए ।

कार्यक्रमअध्यक्ष बुढाथोकीको अध्यक्षता, वाड सचिव काशिराम शर्माको स्वागत मन्तब्य र स्टेशन प्रमुख घनश्याम गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।,

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *