कुस्मा नगरपालिकाकी उपप्रमुख काफ्ले सवारी दुर्घटनामा घाईते !

निर्मल पौडेल पर्वत २०७५ बैशाख २ । कास्कीको पोखरा लेखनाथ उपमहानगरपालिका ३२ तल्लो गगन गौंडामा भएको सवारी दुर्घटनामा परी कुस्मा नगरपालिकाकी उपप्रमुख सीता काफ्ले लामिछाने घाइते भएकी छन । काठमाडौँ वाट पर्वत फर्कँदै गर्दा गगनगौडामा वोलेरो जिप र ट्रक एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

काफ्ले सवार ना४च ५०५४ नम्बरको बोलेरो जिपलाई पोखराबाट दुलेगौडाका लागि छुटेको ना२ख ९७८९ नम्बरको ट्रकले शनिबार ठक्कर दिँदा जिपमा सवार उपप्रमुखसहित उनकी छोरी, यात्रु शिव क्षेत्री र चालक विनोद क्षेत्री पनि घाइते भएका छन् ।

ट्रकको ठक्करपछि जिप सडकमा पल््िटएको थियो । घाइतेको गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको छ । प्रहरीले जिप, ट्रक र ट्रकका चालकलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *