Menu

म्युजिक भिडियोमा जम्दै पश्चिम बागलुङका निर्मल क्षेत्री

प्रशान्त घर्तीमगर, बुर्तिवाङ २०७५ बैशाख २ । बागलुङको पश्चिम क्षेत्रबाट मोडलिङ क्षेत्रमा प्रवेश गरेर चर्चा कमाउने थोरै कलाकारहरु मध्ये एक हुन—निर्मल क्षेत्री । केही बर्ष अघिसम्म मोडलिङ क्षेत्रमा प्रवेश गर्नकै निम्ति निकै संघर्ष गर्ने क्षेत्री अहिले यहि क्षेत्रमा जम्दै आएका छन् । बागलुङको ढोरपाटन नगरपालिका—५, सहिखोलामा जन्मिएका क्षेत्रीले अहिलेसम्म करिब ३ सय वटा म्यूजिक भिडियोमा अभिनय गरिसकेका छन् ।

पछिल्लो समय अधिकांश लोकदोहोरी गीतका म्यूजिक भिडियोहरुमा छाइरहेका उनै निर्मल क्षेत्री अभिनित पञ्चेबाजा गितको भिडियो सार्वजनिक भएको छ । चर्चित लोकदोहोरी गायक चोलेन्द्र पौडेलले बजारमा ल्याएको पोखराको भलाम बोलको यस गीतमा मोडल निर्मल क्षेत्री र दिपाशा बिसीले अभिनय गरेका छन् ।

नयाँ बर्ष—२०७५ सँगै लगनको महिनालाई मध्यनजर गरेर सार्वजनिक गरिएको यस गीतमा चोलेन्द्र पौडेल र देवी घर्तिमगरको स्वर रहेको छ । पशुपति शर्माको लय रहेको यस गीतमा चोलेन्द्र पौडेल आफैले शब्द सिर्जना गरेका छन् । दुर्गा पौडेलले निर्देशन तथा छायाङ्कन गरेको यो म्यूजिक भिडियोमा नबिन घर्तिमगरको सम्पादन छ ।

रक्षा म्यूजिक प्रालिले बजारमा ल्याएको यस गीतलाई गायक पौडेलको जन्मस्थल पोखराको भलामको परिवेशमा रहेर तयार पारिएको छ । भलामको सुन्दर दृश्यलाई क्यामेरामा कैद गरिएको यस गीतको म्यूजिक भिडियोलाई धेरैले रुचाउने अपेक्षा गरिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *