Menu

२०७५ लाई आर्थिक समृद्धिको वर्षको रुपमा मनाईने पर्वत उबासघका अध्यक्ष शर्माको उद्घोष !

निर्मल पौडेल पर्वत २०७५ वैशाख १ । पर्वतलाई यो वर्ष आर्थिक समृद्धिको वर्षको रुपमा मनाउने पर्वत उद्योग वाणिज्य सँघका अध्यक्ष केदारनाथ शर्माले वताएका छन् ।
सामुदायिक रेडियो कुसृम पर्वतले नववर्षको पावन अवसरमा आयोजना गरेको विशेष कार्यक्रममा शर्माले जिल्लावासीहरुलाई शुभकामना दिँदै यस्तो वताएका हन । हालै सम्पन्न वाणिज्य सँघको चुनाववाट विजयी भएका शर्माले आफ्नो कार्यकालमा आफुले गरेका प्रतिवद्धताहरु पुरा गर्ने बतााए ।

त्यस्तै पर्यटन वोर्ड पर्वतका अध्यक्ष शिव शर्मा पौडेलले २०७५ साललाई पर्यटन वर्षको रुपमा मनाउँदै जिल्लाका विभिन्न महत्वपुर्ण ऐतिहासिक धार्मिक एवम् पर्यटकीय स्थलहरुको सँरक्षणमा लाग्दै गत वर्षको तुलनामा यो वर्ष दोव्वर पर्यटक भित्राउन पहल गर्ने प्रतिवद्धता जाहेर गरे ।

त्यस्तै पर्वत उद्दोग वाणिज्य सँघका निवर्तमान वरिष्ठ उपाध्यक्ष गोपी अधिकारीले पर्वतलाई वृज सिटीको रुपमा चिनाउन पहल गर्ने वताए । यसैगरी सामुदायिक रेडियो कुशुमका अध्यक्ष गोविन्द पहाडीले यस मुलुक निर्माणका लागि सवै नेपाली जनताको उत्तिकै भुमिका रहने वताउदै । अध्यक्ष पहाडीले जो जहाँ जुन भुमिकमा भएपनि सकारात्मक सोचका साथ अगाडि वढ्दै मुलुक निर्माणमा सरिक हुन आग्रह गरे । पहाडीले सम्पुर्ण नेपालीहरुलाई नववर्षको शुभकामना प्रदान गर्दै रेडियोको माध्यमवाट समाज रुपान्तरण गरी रोजगारीको सिर्जना उपलव्ध हुने वातावरण निर्माण गर्नुपर्ने कुरामा जोड दिए ।

कार्यक्रममा रेडियो सञ्चालक समितीका सचिव तथा नेपाल पत्रकार महासंघ पर्वतका सचिव गणेश गिरीले संघियतामा गैसकेको अवस्थामा स्थानिय मिडियाहरुको सवलिकरण संरक्षण प्रवद्र्धन गर्दैै भयरहित अवस्थामा पत्रकारीतालाई पारदर्शीता जवाफदेहिताको ग्यारेन्टी स्थानिय निकाएले गरिनुपर्ने वताए । उनले रेडियो सर्वव्यापी सञ्चारको माध्ययम भएकोले दीर्घाकालिन योजनाका साथ रेडियो कुशुमको क्षमता वृद्धि गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रकमा रेडियोका सम्पुर्ण वार्षिक विज्ञापनदाताहरु सँगै स्रोताहरु शुभकामाना आदान प्रदान गरिएको थियो ।

विशेष कार्यक्रममा नियमित स्रोताहरु मध्य दुइजना उत्कृष्ट स्रोताहरुलाई उत्कृष्ठ स्रोता घोषणा गरिएको छ, जसमा वागलुङ राङखानीकी मनिषा वस्याल र वागलुङ मुलपानीका जीवन भिम केसी रहेका छन् ।

कार्यक्रमको सञ्चालन पत्रकार अर्जुन थापाले गरेका थिए । उत्कृत्ठ सम्मानित स्रोताहरुलाई ड्रिम इन्टरनेश्नल कन्सल्टेन्सीले पुरस्कार प्रायोजन गरेको छ ।
रेडियोले नयाँ वर्षको आगमन सँगै नियमित रुपमा अझ प्रभावकारी मनोरञ्जनात्कक कार्यक्रमहरु सत्य तथ्य सुचना तथा जानकारी मुलक प्रस्तुतीहरु प्रदान गर्दै जाने प्रतिवद्धता जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *