ढोरपाटनबासीको चाहना र भावनानुसार उत्तरगंगा जलाशय बन्छ : पूर्व प्रधानमन्त्री दाहाल

दुई तिहार्इ बहुमत र स्थायी सरकार नै बिकासको आधार भएको प्रचण्डको दाबी !

दिनेश शर्मा पौडेल, बुर्तिवाङ २०७५ बैशाख १ । पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुर्तिवाङ र ढोरपाटनबासीको चासो र चिन्ता रहेको ढोरपाटन (उत्तरगंगा) जलाशय ढोरपाटन नगरपालिकाको चाहना र भावना अनुसार बन्ने बताएका छन् । उनले केहिबेर अघी बुर्तिवाङमा आयोजित ढोरपाटन महोत्सव २०७५ को उद्घाटन पछी बोल्दै यस्तो बताएका हुन् ।

त्यसैगरी उनले दुरगामी महत्वको जलाशय युक्त आयोजनामा ढोरपाटन जलाशय ढोरपाटनवासीहरुको मात्र नभएर सम्पूर्ण नेपालीहरुको गौरब भएको बताए ।

प्रमुख अतिथी दाहालले जलाशय ढोरपाटनबासीको चाहना अनुसार बन्ने कुरामा ढुक्क हुनुस भन्दै जलाशयले यसक्षेत्रका जनताको आर्थिक स्तर उकास्ने बताए । पूर्व प्रधानमन्त्री दाहालले बिदेशिएका युवा नेपालमा नभित्राएसम्म नेपाल राम्रो नबन्ने पनि स्पष्ट पारे ।

बागलुङले राष्ट्रिय आन्दोलनमा गरेको योगदानको फल प्राप्त गर्ने बेला आएको छ भन्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दुई तिहार्इ बहुमत र स्थायी सरकार नै बिकास को आधार भएको बताए ।

उनले लामो समयको संघर्ष पछि आफुहरुले झण्डै दुई तिहाई बहुमतले सरकार गठन गरेको बताए । देशमा अब सत्ता पक्ष र प्रतिपक्ष बिचमा विवाद भए त्यो भन्दा ठूलो विडम्बना नेपाली जनतालाई अरु केही हुन नसक्ने बताए ।

कार्यक्रममा अर्का अतिथी नेपाली काँग्रेसका युवा नेता तथा सांसद गगन थापाले यस क्षेत्रमा भएको बिकासलाई आर्थिक समृद्धी सङ्ग जोड्नुपर्ने बताउदै यस क्षेत्रको बिकासको लागि म र मेरो पार्टी बाट कुनै कमी नहुने स्पष्ट पारे र उनले मोटरबाटो लाई आयात मात्र नभएर निर्यात सङ्ग पनि जोड्न आग्रह गरे । उनले आफू स्वास्थ मन्त्री हुदा बुर्तिबाङ स्वास्थ्य केन्द्रलाई अस्पताल बनाउनको लागि पहल गरेको दाबी गरे ।

त्यसैगरी पूर्व स्वास्थ्य मन्त्री तथा नेपाली काँग्रेसका गगन थापाले जो जुन सुकै पार्टीको भए पनि सबैको एउटै एजेण्डा भएको बताए । बागलुङमा राष्ट्रिय गौरबको योजना मध्य पहाडी लोक मार्गले जोडेको र यहाँको जीवन स्तर माथी उकास्न त्यती जटील नभएको बताए ।

थापाले भने “मध्य पहाडी लोक मार्ग मात्रै होईन सालजन्डी ढोरपाटन सडक पनि यही छ, यसको स्तरोन्नती र विस्तार गर्न बाँकी छ । यसलाई छिट्टै नै विकास गर्न हामी पहल गर्ने छौँ । ”

सो अवसरमा सांसद देवेन्द्र पौडेल, सांसद ज्ञान् कुमारी छन्त्याल, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय उपाध्यक्ष चन्द्र ढ्काल, नेकपाका निल बहादुर पुन, माके का तुलसी अर्याल लगायतको मन्तव्य रहेको थियो ।

बाउबकासंघ बुर्तिवाङ ईकाईका अध्यक्ष चिन्तामणी शर्माको अध्यक्षतामा सम्पन्न उद्घान समारोहमा ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपालीले स्वागत मन्तव्य दिएका थिए भने कार्यक्रमको सन्चालन बाउबासंघ बुर्तिवाङ ईकाईका महासचिव राम सुवेदीले गरेका थिए ।

यसअघी पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आज बिहानै प्रधानमन्त्री सङ्ग फोनबार्ता भएको बताउदै यहि ९ गते नै पार्टी एकता हुने प्रष्ट पारेका थिए । उनले एकता भाँड्न ठुलै शक्ति लागिपरेको बताउदै एकता भएरै छोड्ने दाबी दोहोराएका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *