Menu

नयाँ वर्षमा मुखले शुभकामना होईन, हातले विरामीलाई सहयोग !

प्रेम सुनार, गुल्मी २०७५ बैशाख १ । गुल्मीको सदरमुकाम तम्घासमा क्रियाशील एक सामाजिक संस्थाले नयाँ बर्ष २०७५ लाई स्वागत गर्दै यसवर्षको पहिलो दिन सानो भए पनि शुभ कार्यको सुरुवातको जमर्को गरेको छ । रेसुङ्गा सहयोगी संस्था , तम्घासले आज नयाँ वर्षको शव्दमा शभकामना होईन, व्यवहरमा केहि काम भन्दै जिल्ला अस्पतालका विरामीलाई फलफुल वितरण गरेको हो ।
नयाँ वर्षको आज बैशाख १ गते विहानै देखि मानिसहरु औपचरिक शुभकामना आदन प्रदानमा व्यस्त भई रहेको बेला सो संस्थाको टोली हातमा फलफुल बोकेर विहानै अस्पतालमा पुगेको थियो ।

सहयोगी हातहरु एक हौं ’ भन्ने मुलनारा बोकोको समाजका अध्यक्ष राजु कुँवरले मानविय सहयोग र सद्भाव नै साँचो धर्म भएको बताए ।
उनले भने –‘ मुखले हामी सहयोग , शुभेच्छा र संवेदना प्रकट गरे पनि ब्यवहारमा केहि गर्न सक्दैनौं , यसर्थ ब्यवहार मै केहि गर्नु पर्दछ भन्ने सन्देश प्रवाह नै हाम्रो प्रयास हो । ’

कार्यक्रमको संयोजन सचिव ज्ञानराज मरासीनीले गरेका थिए । कार्यक्रममा रेसुङ्गा माविका प्रधानध्यापक प्रेमनारायण भण्डारी, आदर्श बोर्डिङ्ग हाईस्कुलका प्रिन्सिपल भागतसिंह खड्का लगायत सहभागी थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *