Menu

पूर्व प्रधानमन्त्री प्रचण्डव्दारा पानसमा दीप प्रज्वलन गरी ढोरपाटन महोत्सव- २०७५ बुर्तिवाङको समुद्घाटन !

दिनेश शर्मा पौडेल, बुर्तिवाङ २०७५ बैशाख १ । नयाँ वर्ष २०७५ को अवसरमा आज बैशाख १ गते बुर्तिवाङ बजारमा आयोजित प्रथम ढोरपाटन महोत्सव-२०७५ बुर्तिवाङको पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक भव्य समारोहका वीच समुद्घाटन गरेका छन् । प्रमुख अतिथी दाहालले पानसमा दीप प्रज्वलन गरी ढोरपाटन महोत्सव २०७५ बुर्तिवाङको समुद्घाटन गरेका हुन् ।

अहिले महोत्सव उद्घाटन कार्यक्रममा बिभिन्न बक्ताहरुले बोल्ने क्रम जारी रहेको छ ।

प्रमुख अतिथी प्रचण्ड सवा दुई बजेतिर हेलिकप्टरबाट बुर्तिवाङ स्थित रिभरहेड बोर्डिङ स्कूलको प्रांगणमा अवतरण गरेका थिए भने अर्का अतिथी नेपाली काँग्रेसका युवा नेता गगन थापा हेलिकप्टर बाटै नगरप्रमुख देवकुमार नेपालीको आठ तले घरको माथिल्लो छतमा अवतरण गरेका थिए ।

महोत्सवमा बागलुङ जिल्लाबाट निर्वाचित प्रतिनिधी सभा र प्रदेश सभाका सदस्यहरुको उपस्थिति रहेको छ ।

महोत्सवमा ढोरपाटन नगरपालिका, निसीखोला, बडीगाड, र तमानखोला गाउपालिका नगर पुमुख उपप्रमुख, प्रमुख, उपप्रमुख लगायत जनप्रतिनिधीहरु सहित हजारौ जनताको उपस्थिति रहेको छ । कार्यक्रम स्थलमा स्थानीय भेषभूषा, साँस्कृतिक झाँकी प्रदर्शन गरिएको छ ।
बुर्तिवाङ यतिबेल नवदुलहीझैँ सिँगारिएको छ । अतिथीहरुको बुर्तिवाङमा भव्य स्वागत गरिएको छ ।

केहि तस्बीर

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *