Menu

बिनामारेमा त्रिशुल काण्ड : सशस्त्र प्रहरी जवान सहित ७ जना घाईते !

बागलुङ २०७५ बैशाख १ । जैमिनी नगरपालिकामा त्रिशुल काण्ड घटेको छ । नयाँ वर्ष २०७५ सालको पूर्व सन्ध्यामा जैमिनी नगरपालिकाको बिनामारेमा घटेको त्रिशुल काण्डमा केहि स्थानीयहरु घाईते भएका छन ।

जिल्ला प्रहरी कार्यालय बागलुङले दिएको जानकारी अनुसार चैत ३० गतेको विहानी पख साढे ३ बजेको समयमा सीमा सुरक्षा गुल्म जोमसोम, मुस्ताङमा कार्यरत ) हाल बिरामी भएर बिदामा घर बिनामारे आएका) सशस्त्र प्रहरी जवान वर्ष ३० का ओमबहादुर मल्ल राति सुतिरहेको ओछ्यानबाट उठेर घर देखीकेहि टाढा जैमिनी नगरपालिका ५ की पहिले हात हेर्ने काम गर्ने गरेकी वर्ष ३५ की चुना परियारको घरमा पुगेर पूजाकोठी खोल्न लगाई त्यहाँ रहेको त्रिशुल झिकेर निज चुना परियारमाथी प्रहार गरेका थिए ।

चुना परियारले हार गुहार गरेपछी जम्मा भएका छरछिमेकीहरु माथि स्मेत निज मल्लले त्रिशुल प्रहार गरी घाईते बनाएको छिस्ती प्रहरी चौकीमा सूचना प्राप्त हुँदा साथ प्रसनि सहितको प्रहरी टोली घटनास्थल पुगी मल्ललाई नियन्त्रणमा लिएको र घाईतेहरुलाई उपचारका लागि धौलागिरी अन्चल अस्पताल ल्याईएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार त्रिशुल प्रहार गर्ने सशस्त्र प्रहरी जवान मल्लपनि रक्ताम्मे हुने गरी घाईते भएकाले उनका आफन्तले शुक्रबार ६ बजे थप उपचारका लागि पोखरा लगेका छन् ।

घटनामा घाईते हुनेहरु ८० वर्षिया भूपी दमिनी, ३५ वर्षकी चुना परियनार, वर्ष ५० का हरि परियार, वर्ष ४५ की पूर्णकली परियार, ३७ वर्षिय गणेश केसी तथा वर्ष ३१ की निर्मला केसी रहेको प्रहरीले जनाएका छ ।

सशस्त्र प्रहरी जवान मल्ल राति उठेर एक घण्टाको दुरीमा रहेको हात हेर्ने काम गर्ने चुना परियारको घरमा पुगेर पूजा कोठीमा रहेको त्रिशुल झिकेको घटनाले मल्ललाई या पहिले नै चुनाको घरका बारेका यथेष्ट जानकारी थियो या उनी कुन सुरमा चुनाको घरमा पुगे ? यस घटनाले स्थानीयहरुमा केहि संशय उत्पन्न गराएको छ ।

बिरामी परेर घरमा आएका मल्ल राति त्यसरी चुना परियारको घरमा पुगेर पूजा कोठा खोल्न लगाई त्यहाँ रहेको त्रिशुल झिकेर उत्पात मच्चाउनु पछी कतै टुनामुनाको चक्कर त छैन ? भन्ने चर्चा पनि गाउँघरमा चलेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *