खरेहा-ज्ञादी अधिकारीफाँट जोड्ने ३५९ मि लामो १२८ मि उचाईको झोलुङ्गे पुल निर्माण हुँदै

निर्मल पौडेल, पर्वत २०७४ चैत ३० । कुस्मा नगरपालिका ७ खरेहावाट ज्ञादीं अधिकारी फांँटमा जोड्ने गरी मोदीखोला माथि ३५९ मिटर लामो र १२८ मिटर उचाई रहेको अर्को झोलुङ्गे पुल निर्माण कार्य जारी रहेको छ । करिव १ करोड ९१ लाख ४ हजार लागत लाग्ने पुलको निर्माणको ठेक्का मुक्तिनाथ निर्माण सेवाले लिएको छ । २०७४ असार वाट निर्माण कार्य सु्रु भएको पुल आउदो मंसिर र पुष भित्र निर्माण सम्पन्न हुने पुल निर्माण समितीका सहसचिव गणेश शर्मा अधिकारीले जानकारी दिए ।

पुल निर्माण भए पश्चात कटुवाचौपारी, पिपलटारी,ठुलिपोखरी,खौला, कार्कीनेटा तथा कुस्मा नगरपालिकाका जनताहरु लाई १ घण्टाको वाटो ५ मिनेटमा टुगिंने हुंदा स्थानियहरु हर्षित भएका छन । पुलले यहांका पर्यटकीय,धार्मिक,सांस्कृतिक तथा विभिन्न व्यापार व्यवसायलाई समेत टेवा पुग्ने पुल निर्माण समितिका अध्यक्ष नारायण शर्मा अधिकारीले वताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *