अहिलेको सरकार बामपन्थी सरकार भएपनि जनताको पक्षमा काम गर्न नसक्ने घिमिरेको ठोकुवा !

विजय राना, कुस्मीसेरा (बागलुङ) २०७४ चैत ३० । अखिल नेपाल युवक संघ बागलुङको दशौँ जिल्ला सम्मेलनबाट भिमसेन वन सर्वसम्मत रुपमा जिल्ला अध्यक्ष चुनिएका छन् । बागलुङको जैमिनी नगरपालिका वडा न. १ कुस्मीसेरामा भएको सम्मेलनबाट वन अध्यक्ष चुनिएका हुन् । संघको उपाध्यक्षमा बिमल बुढा, सचिवमा विरेन्द्र थापा, सह–सचिवमा अनिल गिरी, कोषाध्यक्षमा वसन्त सापकोटा चयन भएका छन् ।

सदस्यहरुमा सञ्जाल शर्मा, खगेन्द्र थापा, श्रीप्रसाद थापा, ओमकार श्रीष, युवराज महत, विरेन्द्र घर्ति, दुर्गा थापा, जुन विक्रम शाही, पवित्रा बुढामगर, प्रदिप पुन रहेका छन् । त्यस्तै ४ बैकल्पिक सदस्यमा कृष्ण सुवेदी, जीवन घर्तिमगर, भिष्म छन्त्याल, पिताम्बर सापकोटा रहेका छन् ।

सम्मेलनमा बोल्दै अखिल नेपाल युवक संघका केन्द्रिय महासचिव अनिल किशोर घिमिरेले सरकार युवाहरुको रेमिटेन्समा रमाए पनि युवाहरुको सुरक्षाबारे कुनै पनि चासो नदिएको आरोप लगाए ।

लाखौँ युवाले विदेशमा कष्टकर जीवन बिताउनु पर्ने बाध्यता छ घिमिरेले भने–रेमिटेन्समा रमाउन सरकार उनीहरुको बारेमा खासै चासो राख्दैन ।

घिमिरेले अहिलेको सरकार बामपन्थी सरकार भए पनि जनताको पक्षमा काम गर्न नसक्ने ठोकुवा गरे । आफ्नो पद स्वार्थका कारण सरकारको विभिन्न पदमा आसिन व्यक्तिहरुले जनताको काम गर्न नसक्ने बताउँदै बामपन्थि सरकारले कम्युनिष्टहरुको बद्नाम मात्र गर्ने उनको आरोप थियो ।

कार्यक्रममा प्रदेश सभा सदस्य कृष्ण थापा र टेकबहादुर घर्तिले युवाहरु रचनात्मक बन्नु पर्ने बताएका थिए । युवाहरु देश र जनताको पक्षमा लाग्नु पर्ने बताउँदै थापाले देश परिवर्तन÷विकास गराउने शक्ति नै युवा भएको बताए ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य राजेन्द्र ढुङ्गानाले नेपाल सरकारका निति तथा कार्यक्रमहरु अँझ पनि जनतामुखी नभएको बताउदै संघीयताले जनताहरु दोहोरो–तेहेरो करमा परेको भन्दै संघीयता असफल हुने बताए ।

राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष अमर थापाले अहिलेको सरकार बामपन्थि भए पनि यसले जनताको हितमा काम गर्न नसक्ने खुलासा गरे ।
सरकार, कामचोर, दलाल, भ्रष्टहरुबाट घेरिएको बताउँदै थापाले केपी ओली नेतृत्वको अहिलेको सरकारले बामपन्थीहरुको बदनाम बनाउने र अन्ततः बामपन्थी आन्दोलनलाई नै कमजोर बनाउने बताए । थापाले ओली भारत भ्रमणमा रहँदा राष्ट्रघाती सम्झौता गरेको समेत आरोप लगाए ।
कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका कलाकारद्वारा गीत र नृत्य प्रस्तुुत गरिएको थियो ।

अखिल नेपाल युवक संघका जिलल अध्यक्ष भिमसेन वनको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन लक्ष्मण पुनले गर्नु भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *