Menu

गुल्मी कांग्रेसको ५० दिने महाअभियान सिङ्गो कांग्रेसलाई क्याप्सुल होः चन्द्र भण्डारी

प्रेम सुनार, गुल्मी २०७४ चैत ३० । नेपाली कांग्रेस गुल्मीले जनता संग प्रत्यक्ष घुलमिल गर्ने र दुख–सुख साट्ने ५० दिने महाअभियान भोली नयाँ वर्षको पहिलो दिन देखि देखि सुरु गर्ने भएको छ ।

‘नेपाली कांग्रेसको आव्हान , गाउँ जाउँ गाउँमै रमाऔं ५० दिने महाअभियान ’भन्ने मुल नाराका सुरु हुने अभियानको पुर्व सन्ध्यामा सो पाटीले आज अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमलाई सम्वोधन गर्दै सो पार्टीका केन्द्रिय सदस्य चन्द्र भण्डारीले गुल्मी जिल्ला पार्टीले सुरु गरेको यो महाअभियानले देशभरकै सिङ्गो काग्रेसलाई सुई लगाई दिएको र भिटामिन सहितको क्याप्सुल समेत खुवाउने काम गरेको भन्दै प्रशंसा गरे ।

उनले यस्तो अभियान देशैभर हुनु पर्ने माग आफुले केहि दिन पछि हुन गई रहेको केन्द्रिय कमिटी बैठकमा राख्ने उद्घोष समेत गरेका थिए ।
जिल्लाका ९३ वटै वडामा पुग्ने एक जना जिल्ला प्रतिनिधीहरु नेता वा पाहुन बनेर पुग्ने छैनन् । गरिव सर्वसाधरण जनताको लवाई खुवाई र वसाई जस्तो छ त्यस्तै भएर ५० दिन सम्म खट्ने छन् ।

विशेष गरी गरिव दलित र अति सिमान्तकृत जनता कांग्रेस संग नजिक नरहेको निश्कर्ष निकाल्दै यो अभियान सुरु गरिएको जिल्ला पार्टी सचिव खिलध्वज पन्थीले बताए ।

अभियानमा खटिने अभियान्त नेता कार्यकर्ताहरु विशेष गरी गरिव दलितको घरमा बस्ने , उनिहरुले जस्तो खान्छन त्यस्तै खाने , उनिहरुको कामलाई सघाउँने , जातिय विभेद , सामाजिक विकृति विसंगति र विभिन्न कुरितीलाई अभियानकै क्रममा दाहसंस्कार गर्ने , यदि कुनै कांग्रेस कार्यकर्ताले छुवाछुत विभेद गरे पार्टी सदस्य नै खारेज गर्ने चेतावनी सचिव पन्थीले दिए ।

यो अभियानले कांग्रेसलाई आगमी निर्वाचनमा पहिलै कै विरासतमा पुराएर छाड्ने दावी गर्दै सभापति श्रेष्ठले एक यसपालीको निर्वाचनको हारले निरास नभई डटेर अभियानमा लाग्न निर्देशन दिए । अभियानको पहिलो हप्ता सम्म पार्टी सुद्धृढीकरण, सम्पुर्ण जनवर्गिय संगठनको पुनरगठन, पार्टी सदस्यता नविकरण वितरण गरिने छ । त्यस अवधीमा प्रत्येक वडामा ७ सदस्यी छाँयाँ सरकार गठन गरिने छ ।

दोश्रो र तेश्रो हप्ता सम्म क्रमशः सामाजिक कार्यमा सहभागि हुने छन् । पोखरी , चौतारी निर्माण गर्ने छन् । विद्यालय सहित विभिन्न सार्वजानिक स्थानमा सरसफाई , सामाजिक विकृति विसंगति र विभिन्न कुरुती विरुद्ध जनचेना मुलक कार्यक्रमहरु गरिने छ । विकास निर्माणमा हुने अनियमित्ता ,भ्रष्टचार , ढिला सुस्तीको भण्डाफोर गर्नुका साथै जनतालाई जागुरुक बनाईने छ ।

गरिव जनताले कसरी जिविका चलाई रहेका हुन्छन् ? समाजमा विभेद हेलत्व सहँदा दलितहरुले कस्तो पिडा खेपिरहेका छन् ? यसवारे प्रत्येक अभियान्तहरुले आफु स्वमले अनुभुत गर्ने गरी उनिहरुका घरमा बस्ने छन् । चौथो हप्तामा जिल्ला फर्केर समिक्षा बैठक गरिने छ । त्यस पछि अर्को तिन हप्तको कार्यक्रम तय गरिने जानकारी सचिव पन्थीले दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *