राजकुतमा १४ वर्षिय बालकव्दारा ५ बर्षिया बालिका बलात्कृत !

बागलुङ २०७४ चैत ३० । यता सदरमुकाम बागलुङ बजारमा युवाहरुको सक्रियतामा बलात्कार, लागुऔषध दुव्र्यसन, हिँशा बिरुद्ध सचेतना याली निकालिएको समाचार लेखिरहँदा उता जिल्लाकै पश्चिम निसीखोला गाउँपालिका- ७ साबिक राजकुत गाविसमा एक बालकले एक बालिकालाई जबरजस्ती करणी गरेको समाचार प्राप्त भएको छ ।

समाचार अनुसार बिहीबार दिउँसो स्थानीय १४ वर्षिय किशोरले सोही स्थानकी ५ वर्षिया बालिकालाई बलात्कार गरेको पीडित पक्षले उजुरी दिएको प्रहरीले जनाएको छ ।

दिउसो साढे २ बजेको समयमा खेल्न जाउँभनी आफ्नै घर नजिकै लगेर करणी गर्न लाग्दा बालिका रोईकराई गरेपछी परिवार जनले सोधपुछ गर्दा कसैले नदेख्ने ठाउँमा लगेर बलात्कर गरेको बताएको जनाईएको छ ।

उतm घटना संगै बिहिबारनै पीडित बालिकाको परिवारले ईलाका प्रहरी कार्यालय बुर्तिबाङमा उजुरी गरेसंगै प्रहरीले निज नाबालकलाई प्रकाउ गरी शुक्रबार दिउसो थप अनुसन्धानका निम्ती जिल्ला प्रहरी कार्यालय बागलुङ पठाएको ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख कृष्ण रानाले बताए ।

उता बालिकाको मेडिकल चेकजांचको क्रममा बलात्कार भएको पुष्टि भएको पारिवारीक श्रोतले बताएपनी यस बिषयमा अनुसन्धान जारी रहेकाले सबै भन्न नमिल्ने प्रहरी प्रमुख रानाले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *