मुसिकोटको श्रृङ्गेश्वर वनमा आगोलागी

प्रेम सुनार, गुल्मी २०७४ चैत ३० । हिजो देखि गुल्मीको मुसिकोट नगरपालिकाको श्रृङ्गेश्वर सामुदायिक बनमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । कुल १ सय १० हेक्टर मध्ये आधा भन्दा बढि बन क्षेत्रमा आगो फैलिएको त्यस बन उपभोक्ता समितिका उपाध्यक्ष केशवराज रायमाझीले जानकारी दिए ।

मुसिकोट नगरपालिका वडा नम्वर २ मा पर्ने उक्त वन क्षेत्रमा उनको नेतृत्वमा हिजो देखि आज सम्म उपभोक्ताहरु नियन्त्रणको प्रयासमा जुटे पनि नियन्त्रणमा आउन नसकेको रायमाझीले बताए ।

आगो अरु अगाडी फैलिए आसपासका केहि घर वस्ती पनि जोखिममा पर्न सक्छन् । आगो लागी हुँदा अन्य मुसिकोट बडागाउँ खानेपानी योजनाका विछाईएका पाईपहरु नष्ट भई खानेपानीको हाँहकार हुन सक्ने खतारा बढेको रायमाझीको भनाई छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *