गुल्मीमा नवौं राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगीता सम्पन्न !

कमल पौडेल, गुल्मी २०७४ चैत ३० । नवौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७४ को छनौट चरणका प्रतियोगीतात्मक खेल गुल्मीको ग्वादीकाचौरमा चलिरहेको छ । जिल्ला खेलकुद विकास समिति गुल्मीको आयोजनामा तथा त्रिभुवन मावि मुसिकोट नगरपालिका ६ कुर्घाको सह आयोजनामा निर्वाचन क्षेत्र नं. २ अन्तरगतका विद्यालयहरुका विच सो छनौट प्रतियोगीता सम्पन्न भएको हो ।

स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मुल नारा सहित जारी प्रतियोगितामा १३ विद्यालयका १५६ खेलाडीले भाग लिएको त्रिभुवन माविका खेल शिक्षक दिपक अर्यालले जानकारी दिए ।

एथ्लेटिक्स तर्फका ११ वटा खेल, भलिवल र कवड्डी प्रतियोगितामा ३३ छात्रा र १२३ छात्रको सहभागिता रहेको थियो । २ दिन सम्म चलेको छनौट खेलमा त्रिभुवन माविले आफ्नो पुरानो विरासत जोगाउँदै समग्र खेलमा प्रथम भएको छ । छनौट खेलका प्रत्येक इभेन्टका प्रथम, व्दितिय र तृतिय हुने खेलाडि यहि वैसाख ७ देखि ९ सम्म तम्घासमा हुने फाइनल खेलमा सहभागि हुनेछन्।

सो छनौट कार्यक्रमको मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले वुधवार उद्घाटन गरेका थिए । विहिवार सम्पन्न कार्यक्रम जिल्ला खेलकुद विकास समितिका सदस्य ज्ञानहरी सापकोटाको अध्यक्षता, त्रिभुवन माविका प्रधानाध्यापक राम वहादुर थापाको स्वागत मन्तव्य तथा शिक्षक गोपाल रायमाझिको संचालनमा सम्पन्न भएको थियो

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *