Menu

असिना पानीले पाक्नै लागेको रबिबालि र फलफुल तरकारी खेतीमा क्षेती !

छविलाल पाण्डे, बुर्तिबाङ २०७४ चैत २९ । आजको असिना पानीले पश्चिमक्षेत्रका कृषकहरुले लगाएको अन्न र फलफुल तरकारीबालीमा क्षेति पुर्याएको छ । सांझ साढे ४ देखि करिब ५ बजेसम्म परेको अविरल बर्षातसंगैको असिनाले पाक्नै लालेको गंहु, तोरी, जौं, लगाएतका बालीका साथै तरकारी बाली र फलफुलमा क्षेति पुर्याएको हो ।

गांउघरमा भर्खर फुल पुलेर दाना लाग्दै गरेका फुलफुल असिनाले झारीदिंदा क्षेति पुर्याएको किसानहरुले बताएका छन् । त्यस्तै बारीमा लगाईको बन्दा,
साग, आलु लगाएतका तरकारी बालीमा समेत असिनाले हान्दा क्षेति पुगेको उनिहरुको भनाई छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *