Menu

सुखी नेपाली र समृद्ध नेपालको बामपंथी मिसन पुरा गर्न शिक्षक सङ्गको सहयात्रा आबस्यक-केसी

बृष्ण भट्टराई बागलुङ २०७४ चैत २९ । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन बागलुङको आयोजनामा ३९ औ शिक्षक दिवस समारोह सम्पन्न भएकोछ। स्थानीय तहको शैक्षिक अधिकार स सम्भावना र चुनौती बिषयक अन्तरक्रिया तथा शिक्षक सम्मान कार्यक्रम आयोजना गरिएको थियो।

कार्यक्रमकी प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य मना केसीले शिक्षकको पेशागत हितमा आफुले सङघर्श गरेको हुनाले शिक्षक मैत्री कानुन बनाउन पहल गर्ने कुरा बताईन् । उनले सुखी नेपाली र समृद्ध नेपालको बामपंथी मिसन पुरा गर्न शिक्षकसङ्गको सहयात्रा आबस्यक रहेको उल्लेख गरिन।

सो अबसरमा जिल्ला समन्वय समितिका उपसंयोजक बिष्णु भुसालले समाजसुधार र समृद्धिको लागी शिक्षकको अहम भुमिका रहेको बताएका थिए ।

कार्यक्रमको अध्यक्षता गोबिन्द भण्डारीले गरेका थिए भने स्वागत मन्तव्य संगठन जिल्ला उपाध्यक्ष शारदा शर्मा र संचालन जिल्ला सचिब कृष्ण भट्टराईले गरेका थिए।

उक्त अबसरमा १६ शिक्षकलाइ सम्मान गरिएको थियो भने कार्यक्रमको उदघाटन नीजी शिक्षकलाइ पोशाक बितरण गरेर सरकारले शिक्षकलाइ गरेको बिभेदको संकेत गरिएको थियो।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *