मृगौला पीडित गीता गौतमलाई प्रवासी दाजुभाइव्दार सहयोग हस्तान्तरण

निर्मल पौडेल, बागलुङ २०७४ चैत २९ । दुवै मृगौला पीडित बागलुङ नगरपालीका १३ कि गीता गौतम पौडेल लाई अमेरीका र साउदि अरववाट प्रवासी दाजुभाईहरुले उपचारार्थ आर्थिक सहयोग गरेका छन् रोजगारीको लागि अमेरीका र साउदी अरवमा पुगेका यहाँका दाजुभाई हरुले ९१ हजार ३ सय १ रुपैया सहयोग गरेका हुन् । जसमध्ये बागलुङ वलेवा घर भइ हाल अमेरीका रहँदै आएका युवा समाजसेवी वासु पौडेलको नेतृत्वमा इश्वर नीरवहादुर ,पारस माधव नवराज लगाएतका व्याक्तिहरुले रु ५३ हजार ३ सय ८१ सँकलन गरेर पठाएको थिए। त्यस्तै साउदी अरवमा रहेका धु्वराज शर्मा लगाएतले सँकलन गरी ३८ हजार रुपैया वलेवा वहुउद्देश्यिय सहकारी सँस्था मार्फत पीडितका वुवालाई हस्तान्तरण गरिएको वताइएको छ ।

सहयोगी मनहरुले थोरै मात्रमा भए पनि उपचारमा सहयोग गर्न पाउँदा खुशी व्यक्त गरेका छन् । सहयोगी मध्यका वासु पौडेलले घरदेशी देखी प्रदेशी भएका नेपालीमनहरु जहाँ भएपनि एउटाका पीडामा अर्कोले सहयोग गर्नुपर्ने वताए । त्यस्तै उनले आगामी दिनमा पनि यस्तै कार्यमा आाफु लागिपर्ने प्रतिवद्धता जाहेर गरे। यसरी संकलन गरिएको रकम वलेवा सामुदायिक वहुउद्देश्यिय सहकारी संस्थामार्फत गत सोमवार संस्थाले एक कार्यक्रमको आयोजना गरी पीडितका वुवा प्रेम शर्मा पौडेललाई सहकारीका अध्यक्ष उमानाथ शर्माले हस्तान्तरण गरेका थिए । पीडितको सुस्वास्थ्यको कामना सहित प्रवासी वाट उठेको सहयोग रकम हस्तान्तरण गर्दै शर्माले सहयोगीहरुले देखाएको मानवीयता सह्रानीय भएको वताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *