पोखरा लेखनाथ महानगरपालिका व्दारा १७ कानुन पारित !

कविता घर्तीमगर, पोखरा २०७४ चैत २९ । पोखरा लेखनाथ महानगरपालिकाको दोस्रो नगरसभाले आवश्यक १७ वटा कानुन पारित गरेको छ । सभाले कृषि प्रसारको ब्यस्थापन, संचालन र नियन्त्रण विधेयक, कृषि ब्यवसाय प्रवद्र्धन विधेयक, न्यायिक समिति विधेयक, सार्वजनीक नीजि साझेदारी विधेयक, स्थानीय सेवा नियमावली, विधायन समिति नियमावली, फोहोरमैला ब्यवस्थापन नियमावली, सहकारी नियवमाली, शिक्षा नियमावली, शहरी योजना आयोगको गठन तथा संञ्चालन सम्वन्धि नियमावली, उपप्रमुखसंग महिला कार्यक्रम सञ्चालन कार्यविधि, महानगर भवन निर्माण तथा नक्सा पास निर्देशिका, बजार अनुगमन निर्दे्शिका, स्वास्थ्य नीति, पशु पन्छि पालन नीति, कृषि नीति विज्ञापन बोर्ड तथा प्रचार सामाग्री नियमन गर्ने नीति पारित गरेको हो ।

बैठकमा पोखरा लेखनाथ महानगरपालिका प्रमुख मानबहादुर जिसीले सभामा पेश गदै विधेक,नीति, निर्देशिका, नियमावली र कार्य्विधिमा भएका भाषिक त्रुटिलाई सच्याएर राजपत्रमा प्रकाशन गरिने जानकारी गराउदै नगर सभासदहरुको मत विभाजनका आधारमा सर्वसम्मत रुपमा पारित भएको उपप्रमुख मञ्जुदेवी गुरुङले जानकारी दिईन् ।

सभाका अध्यक्ष एवं मेयरले प्रस्ताव पेश गर्दा सभामा हुन्न भन्ने आवाज नसुनिएकाले सर्वसम्मत पारित भएको र त्यसलाई छिटटै राजपत्रमा प्रकाशन गरि लागु गरिने उनले बताईन् ।

त्यसै गरि पोखरा लेखनाथ महानगर पालिकाको नामलाई परिमार्जन गरि लेखनाथ हटाएर अव पोखरा महानगर मात्र राख्ने सहमत भए पनि लामो समयदेखि पोखरालेखनाथ महानगरकै नामले सरकारी कामहरु भएको हुनाले समस्या भएको बताइएको छ । यो विषयमा छलफल भैरहेको महानगरपालिकाले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *