Menu

देवर भाउजूबीच जग्गाको बिबादमा दाउराले टाउकोमा प्रहार गर्दा देवरको मृत्यु !

दिनेश शर्मा, बागलुङ २०७४ चैत २९ । बडीगाड गाउपालिकामा आपसी घर झगडाले एक जनाको ज्यान गएको छ । सँगोलको जग्गामा कसले खेतीगर्ने भन्ने विषयलाई लिएर बडीगाड गाउपालिका- ४ जलजलामा गत चैत १० गते बेलुकी ८ बजे देवर ४७ वर्षिय खेमबहादुर श्रीस र भाउजू ४० बर्षिया मनमायाँ श्रीसबीच झगडा पर्दा भाउजू मनमायाँ र निजका नाबालक १४ वर्षिय छोरा मीनबहादुर श्रीसले देवर खेमबहादुरको टाउकोमा दाउरा प्रहार गर्दा घाईते भै उपचार गराई रहेका खेमबहादुरको यहि चैत २७ गते विहान घरमै मृत्यु भएको हो ।

दाउरा प्रहारबाट घाईते खेमबहादुरलाई तत्कालै बुटवल मणिग्राम स्थित क्रिम्सन अस्पतालमा लगी उपचार गराई यहि चैत २६ गते घरमा ल्याईएको थियो । उनलाई घरमा ल्याएको भोलि पल्टै उनको मृत्यु भएको पारिवारिक श्रोतले बतायो ।

पहिले घरायसी झगडा भनी घटनाको जानकारी कतै नगराईएपनि खेमबहादुरको मृत्यु पछी ग्वालिचौर स्थित खार प्रहरी चौकीलाई खबर गरिएको थियो । प्रहरीले अभियुक्त आमा छोरालाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय बुर्तिवाङमा पठाएको खार प्रहरी चौकीका प्रसनि महदत्त शर्माले बताए ।

उता ईप्रका बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक कृष्ण रानाका अनुसार मृतकको पोष्टमार्टम पछी दाहसंस्कारका लागि शव आफन्तलाई बुझाई अभियुक्त आमा छोरालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बागलुङ पठाईएकोछ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *