जबरजस्ती करणी, महिला हिंसा एवम् लागुपदार्थ दुर्व्यसन विरुद्ध जनतेतनामुलक -याली निकालिने !

सुमन जि.सी. बागलुङ २०७४ चैत २८ । बागलुङ जिल्ला स्थित क्रियाशील युवाहरुको समुहले बागलुङ बजारमा २०७४ चैत ३० गतेको विहान ८ बजे लोक्तान्त्रिक चोकबाट जबरजस्ती करणी, महिला हिंसा एवम् लागुपदार्थ दुव्र्यसन विरुद्ध जनचेतनामुलक ¥याली कार्यक्रम गर्ने भएको छ ।

पछिल्लो क्रममा छिमेकी जिल्ला पर्वत एवम् देशका विभिन्न स्थानमा जबरजस्ती करणी (बलात्कार), महिला हिंसा, लागुपदार्थ दुव्र्यसन र अपराधका घट्नाहरु बढ्दै गईरहेको परिपं्रेक्षलाई मध्येनजर गर्दै घट्नाहरुको न्यूनीकरण तथा सचेतना र सम्वन्धित निकायहरुलाई दबाव दिनका लागि आज बसेको बागलुङका केही युवाहरुको भेलाले ३० गते विहान ८ बजे लोकतान्त्रिक चोकवाट ¥याली तथा जनचेतनामुलक लगाएतका कार्यक्रमहरु गर्ने निर्णय गरेका हो ।

¥यालीमा सहभागिताका लागि सम्पूर्ण वागलुङबासी आमा बुवा, दाजुभाई तथा दिदीवहिनीहरुलाई अनुरोध गर्ने निर्णय गरेको बैठकमा सहभागी सिर्जना खड्काले बताईन ।

युवाहरुले ¥यालीमा सहभागिताका लागि विभिन्न विद्यालय, कलेज, ट्युसन सेन्टर लगाएतका स्थानहरुमा गई ¥याली सफल पार्नका लागि आव्हान समेत गरेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *