Menu

मुसिकोट नगरपालिकाद्धारा हालसम्म ३१ कानुनहरु निर्माण

अनिश शर्मा गैरे, गुल्मी २०७४ चैत २८ । मुसिकोट नगरपालिकाले आफ्नो एक महिना लामो दोस्रो नगरसचन सम्पन्न गर्दे ३१ कानुनहरु निर्माण सम्पन्न गरेको छ ।

गत साउन २७ गते सम्पन्न भएको पहिलो नगरसभाबाट ८ ऐनहरु बनाएको नगरपालिकाले फागुन २७ देखी चैत्र २७ सम्म भएको नगरसभा र कार्यपालिकाबाट गरी २३ नया कानुनहरु निर्माण गरेको हो ।

स्थानीय तहमा ऐनहरु नगरसभाबाट पास गर्नुपर्नै हुन्छन भने अन्य नियमावली र कार्यविधिहरु कार्यपालिकाले पनि पास गर्न सक्ने ब्यबस्था भएबमोजिम नगरसभा र कार्यपालिका बाट सो कानुनहरु निर्माण सम्पन्न गरीएको प्रमुख प्रशासकीय अधिकृत घनश्याम न्यौपानेले जानकारी दिए ।

बिशेष गरी सार्वजनिक सरोकार सँग सम्बन्धित ऐनहरु हाल निर्माण गरीएका छन् । शिक्षा, स्वास्थ्य ,कृषि , भौतिक पुर्वाधार जस्ता ऐनहरु निर्माण गरिएका हुन ।

सहकारी ऐन, बजार अनुगमन निर्दैशिका, स्थानीय शिक्षा ऐन, पुर्वाधार बिकास ऐन, एफएम रेडियो सञ्चालन कार्यविधि, लगायतका बिभिन्न ऐनहरु अहिले नगरसभाले पास गरेको नगरप्रमुख सोमनाथ सापकोटाले जानकारी दिए ।

हाल स्थानीय बिकास मन्त्रालयले ५० ऐनहरुको नुमना आफुसामु पठाएको र सोही अनुसार स्थानीय आवश्यकताका आधारमा कानुन निर्माण गरीएको उनले बताए।

“कानुनको अभावका कारणले कार्यसम्पादनमा बिभिन्न कठिनाइ भइरहेको थियो” प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले भने “आवश्यकता अनुसार अहिले बनाइएका कानुनले सो समस्याहरु हट्नेछन, र कार्यसम्पादन छिटो हुनेछ” ।

उदाहरणको लागि पुर्वाधार ऐन निर्माण नहुँदा पुर्वाधार बिकास गर्न, नक्सा पास सम्बन्धी कार्यविधि नहुँदा नक्सा पास गर्न समस्या हुन्थ्यो, कार्यविधि बनेपछि अब त्यो समस्या हुन्न” उनले भने ।

सविंधानले अधिकार र बजेट पनि स्थानीय सरकारलाइ दिएको तर स्पष्ट कानुन र नियमावली नभएको कारण सोको कार्यन्वयनमा भइरहेको समस्यालाइ अव निराकरण गर्न सकिने नगरपालिकाले जनाएको छ । नगरपालिकाले आवश्यकता अनुसार अन्य कानुनहरु पनि बनाउदै जाने बताएको छ । नगरपालिकाले आवश्यकता अनुसार गम्भीर महत्वका बिषयका कानुनहरु निर्माण गर्ने क्रममा सर्वदलीय छलफल समेत गरी सुझाव लिएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *