उत्तरगंगा माबिमा कक्षा ११ का विद्यार्थीव्दारा कक्षा १२ का विद्यार्थीलाई बिदाई !

टिकाराम भट्टराई, बुर्तिबाङ २०७४ चैत २८ । ढोरपाटन नगरपालिका वडा न १ बुर्तिबाङमा रहेको उत्तर गंगा माध्यमिक बिद्यालयमा आज एक कार्यक्रमका बीच कक्षा ११ का विद्यार्थीहरुव्दारा कक्षा १२ का विद्यार्थीहरुलाई बिदाई गरिएको छ ।

११ का अध्यानरत छात्र यामु रसायलीको अध्यक्षता एवं बिद्यालयका प्र अ ईश्वरी प्रसाद पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कक्षा १२ बा विद्यार्थीहरुलाई अविर फुलमाला तथा विभिन्न गीत तथा नृत्यका साथ कक्षा ११ का बिद्यार्थीले बिदाई गर्दै उज्वल भविष्यको कामना गरेका थिए ।
प्रमुख अतिथि प्र अ पौडेलले यो बिदाई सफलताको बिदाई रहेको बताउदै आफ्नो बिद्यालयले उत्पादन गरेका विद्यार्थीहरु डाक्टर, ईन्जिनियर, शिक्षक बनि आफ्नै गाँउठाउँमा सेवा गरेकोमा खुशी व्यक्त गर्दै बिादई भई जाने यो व्याचले पनि यस्तै राम्रा काम गर्न शुभकामना समेत दिए ।

प्रअ पौडेलले लामो समय देखीको प्र अ विबाद सकिएकाले अब बिद्यालयलाई थप सुधार गरि केहि बर्षयता निमार्णधीन अबस्थामा रहेको बिज्ञान भवन अबको एकबर्ष भित्र सम्पर्ण गर्ने घोषणा गरेका थिए ।

कार्यक्रमा शिक्षकहरु कुलपति सापकोटा, लोकेन्द्र सुनार, तेज कुमारी घर्तिमगर, सुरज घिमीरे, पुर्णप्रसाद सापकोटा, उद्योग वाणिज्य एकाई संघ बुर्तिबाङका अध्यक्ष चिन्तामणि कँडेलले सफलताको शुभकामना दिएका थिए भने कक्षा १२ का तर्फबाट हेमराज रसायली,जेनी कुवर,घनश्याम चालिसे,टिकाराम भट्टराई लक्ष्मी अर्गेजा, सदाम हुसेन लगायतले बोलेका थिए ।

कक्षा ११ मा अध्यानरत छात्र हेबिन्द्र खड्काको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रको सञ्चालन ११ मा अध्यानरत छात्र क्षितिज सुनार र छात्रा जिना भण्डारीले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *