स्व खुमबहादुर खड्काको स्मृतिमा श्रद्धान्जली सभा

बागलुङ २०७४ चैत २८ । नेपाली काँग्रेसका केन्द्रिय सदस्य पुर्व गृह मन्त्री एवं महामन्त्री स्वर्गिय खुमबहादुर खड्काको १३ दिनको पुण्य तिथिमा नेपाली काँग्रेस बागलुङले आज श्रद्धान्जली सभा गरेको छ ।

पार्टी कार्यालयमा गरेको श्रद्धान्जली सभामा बोल्ने अधिकाशं बत्ताले खड्काको निधनले काँग्रेसमा ठुलो क्षती पुगेको बताएका थिए ।

सभामा बोल्दै निवर्तमान सहकारी तथा गरिवि निवारण राज्य मन्त्री चम्पादेवी खड्काले नेता खुमबहादुर खड्काले गरेको काँग्रेस प्रतिको त्यागलाई अबको कार्यकर्ताले अनुसरण गर्न जरुर रहेको बताईन् । पार्टी भित्रको संगठनलाई खबरदारी गर्ने र हरेक तहलाई मिलाएर लैजाने क्षमता भएको व्यक्तिलाई गुमाउनु पर्दा पार्टीमा अपुरणीय क्षती हुन पुगेको उनको भनाई थियो ।

कार्यक्रममा जैमिनी नगरपालिकाका नगरप्रमुख ईन्द्रराज पौडेलले खुमबहादुर खड्काको जीवनी बारे चर्चा गरेका थिए ।

कार्यक्रममा काँग्रेस कार्यकर्ता तथा विभिन्न भातृ एवं सुवेक्षुक संस्थाका प्रमुख एवं प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । काँग्रेस बागलुङका सभापति दिपेन्द्र बहादुर थापाको अध्यक्षता कोषाध्यक्ष उमेश गौतमको स्वागत र सचिव नवराज पौडेललको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *