काठेखोला- २ भिमापोखरालाई पूर्ण खोप वडा घोषणा !

नारायण रिजाल, बागलुङ २०७४ चैत २८ । काठेखोला गाउँपालिका वडा नं. २ भिमापोखरालाई बुधबार एक समारोहका विच पूर्ण खोप युक्त वडा घोषणा गरिएको छ । स्थानीय श्रोतको उपयोग, स्वामित्व र सहभागिता पूर्ण खोप हाम्रो प्रतिवबद्धता भन्ने मुल नाराका साथ वडालाई पूर्ण खोप घोषणा गरिएको हो ।

घोषणा सभामा बोल्दै जिल्ला समन्वय समितिका संयोजक राजेन्द्र ढुंगनाले बालबालिकालाई कुनै पनि खोप बाट बञ्चित नगराउन आम समुदायलाई आग्रह गरे । उनले पुर्ण खोप वडाले समाजका लागि अझ थप जिम्मेवारी थपेको हुँदा बालबालिकाले खोप पाए नपाएको एकिन गर्नेको लागि पनि अभिभावले नै चासो राख्नु पर्ने बताए ।

वडा भित्रका १६ देखी २३ महिना भित्रका कुल ३७ जना बालबालिका सबैलाई पुर्ण खोप दिलाएपछि वडालाई पुर्ण खोप युक्त वडा घोषणा गरिएको भिमापोखरा स्वास्थ्य चौकीका हेल्थ असिष्टेन्ट दिया छन्त्यालले बताए ।

कार्यक्रममा भिमापोखारा युवा क्लबका कार्यबहाक अध्यक्ष मणिभद्र शर्मा जिल्ला जनस्वास्थ्य कार्यालयका खोप शाखा प्रमुख वीरेन्द्र कुमार जैसवाल, सुआहारा बागलुङका प्रमुख जगदिश लोहार, नेपाल रेडक्रस सोसाईटी भिमापोखरा उपशाखाका सभापति तोरणध्वज मल्ल, लगायतले बोलेका थिए । सो अवसरमा स्वास्थ्य संस्थाका प्रमुख दिया छन्त्यालले संस्थाको प्रतिबेदन प्रस्तुत गरेकी थिईन ।

जन्मेदेखी १ वर्ष सम्मका बालबालिकालाई विसिजी एक मात्रा,दादुरा रुवेला एक मात्र डिपिटि हेपबी हेप र पोलियो तिन मात्रा खोप लागाउनु पर्दछ ।

स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष तथा काठेखोला गाउँपालिका वडा नं. २ का अध्यक्ष विद्यापति शर्माको अध्यक्षता व्यवस्थापन समितिका उपाध्यक्ष चन्द्रमणि उपाध्यायको स्वागत र स्वास्थ्य संस्थाका अहेब विष्णुनाथ शर्माको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा वडा भित्रका सम्पुर्ण महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई सम्मान गरिएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *