Menu

बिद्यार्थी भर्ना अभियान बैखाख २ गते : मुस्कान सहित बिद्यार्थीलाई फुल अबिरले स्वागत गरिने !

कोपिला कंडेल, बागलुङ २०७४ चैत २७ । जिल्ला शिक्षा कार्यालय, बागलुङले आज सरोकारवालाहरु संग छलफल कार्यक्रमको आयोजना गरी नयाँ शैक्षिक सत्र २०७५ का लागि यही बैशाख २ गते देखी बिद्यार्थी भर्ना अभियान संचालन गरिने जनाएको छ । यसबर्ष बिद्यालयको पहुच भन्दा बहिर रहेका सबै बिद्यार्थीलाई बिद्यालयमा भर्ना गर्ने उद्देश्य रहेको जनाउदै बिद्यार्थी भर्ना एबं पाठ्यपुस्तक वितरण अभियान संचालनमा सबै सरोकारवालाले ध्यान दिनुपर्ने बताएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समिति बागलुङ्गका प्रमुख राजेन्द्र ढुङ्गानाले शिक्षामा गुणस्तर कायम गर्न सके मात्र सम्मृद्ध समाजको परिकल्पना गर्न सकिने बताए । उनंले बिद्यार्थी भर्ना अभियानलाई प्रभावकारी बनाउन र बिद्यालय बाहिर रहेका बालबालिकालाई बिद्यालय सम्म ल्याउने वातावरण मिलाउनका लागि स्थानिय तहनै जिम्मेवार र जवाफदेही बन्नुपर्नेमा जोड दिएका थिए ।

यसबर्षको राष्ट्रिय नारा हामी सबैको ईच्छा, अनिबार्य निशुल्क आधारभुत शिक्षा रहेको छ । यस बर्ष बिद्यालयमा भर्ना हुने बालबालिकालाई पाठ्यपुस्तक भर्ना हुदा साथ उपलब्ध गराईने निमित्त जिल्ला शिक्षा अधिकारी कुश्मराज उपाध्यायले बताए ।

अभियान अन्तरगत आगामी बैशाख २ गते देखी १४ गते सम्म मुस्कान सहित बिद्यार्थीलाई फुल अबिरले स्वागत गर्ने र छुटेका बालबालिकालाई अभिभावकको घरघरमै पुगेर छलफल गरी बिद्यालयमा ल्याउने कार्यक्रम रहेको जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत सरिता गौतम शर्माले बताईन ।

बिद्यार्थी भर्ना अभियानलाई सफल बनाउन स्थानिय जनप्रतिनिधी लगायत सबै सरोकारवाला जिम्मेवार बन्नुपर्ने अन्तरक्रियामा सहभागी सरोकारवालाले बताएका थिए ।

कार्यक्रममा जिल्ला समन्वय समिति बागलुङका बरिष्ठ सामाजिक बिकास अधिकृत भेषराज शर्मा, वडा अध्यक्ष गणेश थापा, श्रोत ब्यक्ती ढक बहादुर पुन, लक्ष्मीकान्त पौडेल, बिष्णु साप्कोटा, उमानाथ अधिकारी महिला तथा बालबालिका कार्यालयका प्रमुख डिल कुमारी शर्मा, नेपाल शिक्षक सघंका अध्यक्ष उमाकान्त शर्मा, शिक्षक महासघंका अध्यक्ष छवीरमण रेग्मी, प्याब्सन र एन प्याब्सनका नेत्रलाल न्यौपाने, दल थापा,सेतो गुरास बालबिकास केन्द्रका बिना कार्की, नेपाल गाजां डेभलपमेन्ट फाउण्डेशनका सूर्य कंडेल, आसमान नेपालका राजेन्द्र ढकाल, नेपाल पत्रकार महासघं बागलुङ शाखाका सल्लाहकार कोपिला कंडेल र कोषाध्यक्ष बिजय राना लगायतले आआफ्नो धारणा ब्यक्त गरेका थिए ।

कार्यक्रम जिल्ला शिक्षा अधिकारी गुरु प्रसाद पौडेलको अध्यक्षता र शाखा अधिकृत सरिता गौतमको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *