नेपाली काँग्रेस ठिक तरिकाले नचलेको हुदा पार्टीमा सुधार आवश्यक – नेता सिंह

कौरव खत्री, गुल्मी २०७४ चैत २७ । नेपाली काँग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले संविधान जारी देखि लिएर सबै तिनै तहको निर्वाचन सम्पन्न गराउन र ठूला उपलब्धीहरुमा काँग्रेसको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।

नेपाल प्रेस युनियन गुल्मीले आयोजना गरेको पत्रकार सम्मेलनमा काँग्रेस नेता सिंहले यस्तो बताएका हुन ।

नेता सिंहले नेता सिंहले काँग्रेस पार्टी ठिक तरिकाले नचलेको हुदा पार्टीमा सुधार गर्नु पर्ने समय आएकोले पार्टीको छवि जोगाउन र सुधार गर्न आफूले काँगे्रसजन नेताहरुसँग निरन्तर छलफल र अन्तरक्रिया गरिरहेको बताए ।

नेता सिंहले पार्टी जोगाउने तर्फ लाग्ने कि नेताको पछि लागेर पार्टीलाई कुनै खौलामा हाल्ने भन्दै नेता सिंहले पार्टी विधि विधान सुधार गर्न तर्फ आफू अगाडी बढेको बताए ।

अवसर पाउदा राम्रो काम गरेर देखाए राम्रै हुने भाषण मात्र गरेर केही नहुने उनको भनाई थिया ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *