मृगौला पीडित वलेवाकी गीतालाई सामुदायिक वहुउद्देश्यीय सहकारी मार्फत सहयोग

निर्मल पौडेल, बलेवा बागलुङ २०७४ चैत २७ । वलेवा सामुदायिक वहुउद्दश्यिय सहकारी सास्थाले वागलुङ नगरपालिका १३ की दुवै मृगौला पीडित गीता गौतम पौडेललाई ९१ हजार ३ सय १ रुपैँया उपचारार्थ सहयोग हस्तान्तरण गरेको छ । सँस्थाले स्थापना गरेको जीवन रक्षा कोषमा वलेवा सेवा समाज अमेरिकावाट प्राप्त ५३ हजार ३ सय ८१ र गन्तव्य नेपाल साउदी अरववाट प्राप्त ३ हजार गरि जम्मा ९१ हजार ३ सय ८१ रुपैँया सहयोग हस्तान्तरण गरेको हो ।

लामो समयदेखि सामाजिक कार्यमा क्रियाशील सँस्थाले सोमवार आफ्नै कार्यलयमा उक्त रकम पीडितका वुवा प्रेम शर्मा पौडेललाई वलेवा सामुदायिक वहुद्देश्यिय सहकारी सँस्थाका अध्यक्ष उमानाथ शर्माले हस्तान्तरण गरेका थिए ।

सहयोग हस्तान्तरण गर्दै शर्माले पीडितको सुस्वास्थ्यको कामना गर्दै सहकारीमा स्थापित जीवन रक्षा कोषमा स्वदेश तथा विदेशवाट सहयोग रकम जुटाउँदै सहकारीको सेवा क्ष्ोत्रभित्रका गम्भिर प्रकृतिका रोगहरुवाट पीडित व्यक्तिहरुलाई उपचारको लागि राहत उपलव्ध गराउने प्रतिवद्धता व्यक्त गरेका थिए ।

त्यस्तै दुवै मृगौलावाट पीडित वीर अस्पतालमा छट्पट्याइरहेकी गीता गौतम पौडेलका वुवाले आँखावाट आँसु खसाल्दै भने “उपचारको लागि सहयोग रमक जुटाईदिने सम्पुर्णलाई धन्यवाद छ, छोरी वाँच्छे कि मर्छे जीवन मृत्युको दोसाँधमा छट्पटाइरहेकी छ, छोरीलाई केहि भैहाल्यो भने म वाँच्नुको पनि अर्थ छैन । कृपया सवैले थोरै मानवीयता दर्शाएर छोरीलाइ वँचाइदिनुहोस । गीता गौतम पौडेल वँचाउ अभियानमा आँफुले सक्ने साथ र सहयोग गर्दिनुहोला ।”

कार्यक्रममा सहकारीका सचिव सुवेदार टेक वहादुर रोका ,प्रकाश सुवेदी रखाल लगाएतले सहयोग गर्न अपिल गरेका थिए ।

संस्थाले यसभन्दा अगाडि बा.न.पा. १३ का व्रेन ट्युमर पीडित कमल रोकाको उपचारको लागि रु २ लाख ९३ हजार सहयोग गरेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *