Menu

अनेरास्ववियु क्याम्पस कमिटीको विद्यार्थी स्वागत तथा नया बर्षको शुभकामना कार्यक्रम

बालकृष्ण सुवेदी, बागलुङ २०७४ चैत २७ । अनेरास्ववियु धवलागिरि बहुमुखी क्याम्पस कमिटीको आयोजनामा नया बर्ष २०७५ सालको पावन अवसर पारी धवलागिरी बहुमुखी क्याम्पस बागलुङममा अध्ययनरत विद्यार्थीहरुलाइ स्वागत तथा नया बर्षको शुभकामना आदानप्रदान कार्यक्रममा सम्पन्न भएको छ ।

अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य नरेस रोकाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य नरेश रोका, केन्द्रिय सदस्य प्रकाश पौडेल, क्याम्पस प्रमुख राम प्रसाद उपाध्याय , अनेरास्ववियु जिल्ला अध्यक्ष शेखर खड्का, सचिब शिव शर्मा, अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य जीवन शर्माले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा विभिन्न विद्यार्थीहरुले सास्कृतिक तथा साङ्गितिक प्रस्तुतीहरु पनि राख्नु भएको थियो । कार्यक्रम विद्यार्थीहरुको उत्साहजनक सहभागीता भब्य रुपले सम्पन्न भएको अनेरास्ववियु जिल्ला सचिब शिव शर्माले जानकारी दिए । अनेरास्ववियु धवलागिरी क्याम्पस कमिटीका अध्यक्ष सुरेश रेग्मीको अध्यक्षता, सदस्य ईश्वर गौतमको स्वागत मन्तव्य, बि।एड प्रथम बर्ष कमिटी उपाध्यक्ष अमृता जि।सि।, महिला बिभाग प्रमुख मिना आचार्य , बि।बि।एस प्रथम बर्ष कमिटी सचिब बिमला थापा र कोषाध्यक्ष सिम्रन केसिको स्वागत गीत र अनेरास्ववियु क्याम्पस कमिटी सदस्य हिमाल गौतमको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *