बागलुङ बजारको एक पसलबाट नगद र मोबाईल चोरी गर्ने गिरोह पक्राउ !

डम्मर बुढा मगर, बागलुङ २०७४ चैत २७ । बागलुङ बजार मिलन चोक स्थित एक किराना पसलबाट नगद र मोबाईल चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

आज विहान मिलन चोक स्थित सुमन कार्कीको ममता किराना पसलको सटर खोलेर ३१ हजार १ सय रुपयाँ नगद र स्यामसुङको एक मोबाईल सहित दुई मोबाईल र त्यस्का चार्जर सहितका सामान चोरी गर्ने गिरोहलाई नगरप्रहरी कार्यालयका ईन्चार्ज प्रहरी नायव निरीक्षक उज्वल पौडेलको नेतृत्वको प्रहरी टोलीले रंगेहात पक्राउ गरेको हो ।

चोरी कार्यमा संलग्न चार जना किशोरहरुलाई आवश्यक कार्वाहीका लागि जिल्ला प्रहरी कार्यालय बागलुङमा पठाएको प्रनानि पौडेलले ईबागलुङलाई बताए ।
पछिल्लो समय कम उमेरका किशोरहरुको चोरी कार्यमा संलग्नता बढ्दै गएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *