नेपाल पर्यटन पत्रकार संघको अधिवेशन सम्पन्नः अध्यक्षमा खत्री निर्वाचित !

कोरव खत्री, गुल्मी २०७४ चैत २७ । गुल्मीमा नेपाल पर्यटन पत्रकार संघको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ ।

सम्पन्न अधिवेशनले पत्रकार कौरव खत्रीको अध्यक्षतामा ११ सदस्यीय नेपाल पर्यटन पत्रकार संघ जिल्ला कार्य समिति गुल्मीको गठन गरेको छ ।
समितिको उपाध्यक्षमा हेम त्यागी, गंगा भण्डारी, सचिव अनिश गैरे, सहसचिवमा हुमाकान्त पोखरेल, कोषाध्यक्ष कविराज भूषाल र अन्य सदस्यहरुमा मनु सुनार, प्रकाश घिमिरे, सन्ध्या बस्नेत,गोमा भट्टाई,दिपक नेपाली,चुरामणी तिमिल्सीना,कुसुम नेपाली रहेका छन् ।

यस्तै अधिवेशनले ३ सदस्यीय प्रदेश प्रतिनिधिको समेत चयन गरेको छ । प्रतिनिधिहरुमा अनिता खत्री, हेम त्यागी, कौरव खत्री रहेका छन् । अधिवेशनले नेपाल पत्रकार महासंघ गुल्मीका पूर्व अध्यक्ष जनार्दन घिमिरेको संयोजकत्वमा ३ सदस्यीय सल्लाहकार समितिको चयन गरेको छ समितिको अन्य सदस्यहरुमा नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष नवराज भूषाल, महासंघका केन्द्रिय पार्षद प्रेम सुनार रहेका छन् ।

अधिवेशन पत्रकार कौरव खत्रीको अध्यक्षता नेपाल पत्रकार महासंघ गुल्मीका पूर्व अध्यक्ष जनार्दन घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो ।

सोही अवसरमा महासंघका उयाध्यक्ष अनिल खत्री, महासंघका केन्द्रिय पारर्षद प्रेम सुनार लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम पत्रकार मनु सुनारको स्वागत मन्तव्यसंगै सुरु भएको कार्यक्रमको सञ्चालन नेपाल पर्यटन पत्रकार संघ गुल्मीका सचिव अनिष गैरेले गरेका थिए ।

अधिवेशनपछि बसेको कार्य समितिको पहिलो बैठकले जिल्लाभित्र रहेका पर्यटनका सम्भावनाहरुलाई व्यापक पचार पसार र प्रवद्र्धन र विकासको लागि सक्रियता साथ नेपाल पर्यटन पत्रकार संघ गुल्मीले काम गर्ने संघका अध्यक्ष खत्रीले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *