प्रवासी नेपाली मञ्चद्वारा नयाँ वर्षको शुभकामना सहित वनभाेजकाे अायाेजना

युएई, २०७४ चैत २५ । प्रवासी नेपाली मञ्च दुवई राज्य कमिटीले नेपाली नयाँ बर्ष २०७५ को उपलक्ष्यमा शुभकामना अादान प्रदान सहित वनभाेज कार्यक्रम सम्पन्न गरेकाे छ। ६ अप्रिल शुक्रबार जाविल पार्कमा युएई रहेका नेपाली दाजुभाइ दिदी बहिनिहरुकाे सहभागीतामा कार्यक्रम भएकाे दुवई राज्य कमिटीकि सदस्य साेनी भण्डारीले जानकारी दिईन् ।

प्रवासी नेपाली मञ्च युएई केन्द्रीय कमिटी अध्यक्ष श्याम कडेँलकाे प्रमुख अतिथ्यतामा भएकाे अाैपचारीक कार्यक्रममा आयोजकको तर्फबाट मणि खतिवडा सहित विभिन्न क्षेत्रका व्यक्तिले नयाँ वर्षकाे शुभकामना मन्तव्य राखेका थिए।

कार्यक्रमकाे सञ्चालन दिलिप खातीले गरेका थिए। कार्यक्रममा सहभागीहरुले आपसमा शुभकामना साट्दै मिष्ठान्न परिकारको स्वादमा नाचगान गर्दै विभिन्न मनोरञ्जनात्मक खेल खेल्दै खुशी साटेका थिए।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *