Menu

बैदेशिक रोजगारी : महिला कामदार आर्थिक, मानसिक, शारीरिक रुपले पीडित !

डिल्ली हुमागार्इ

विश्व मानचित्रमा नेपालले हालसम्म १ सय ९ वटा देशसँग श्रम सम्झौता गरेको छ। इराकमा नेपालीलाई वैदेशिक रोजगारमा जान अहिले रोक लगाएको छ। नेपाल सरकारले श्रम सम्झौता गरेका देशमा मध्यपूर्वका युएई, कतार, साउदी अरेबिया, कुवेत, ओमान, फिजी, इजिप्ट र बहराइन रहेका छन्।
त्यस्तैगरी, इजरायल, केन्या, श्रीलंका, चेक गणतन्त्र, रोमानिया, लाओस, जाम्बिया मेक्सिको, स्लोभाक गणतन्त्रमा वैधानिक रुपमा नेपाली वैदेशिक रोजगारमा जान पाउने छन्। अल्जेरिया, स्वीडेन, मोजाम्बिक, लक्जम्वर्ग, हङकङ ९हाल रोक लगाइएको०, जर्मनी, गायना, मलेशिया, स्पेन, थाइल्याण्ड, सिंगापुर, निकारागुवा, नाइजेरिया, ब्रुनाई, अष्ट्रिया, अजरबैजान, दक्षिण कोरिया, बंगलादेश, इण्डोनेशियामा नेपालबाट वैधानिक रुपमा काम गर्न पाउने छन्। त्यस्तै साइपान, लिबिया, कोसोभो, सिसेल्स, लात्भिया, अल्वानिया, मंगोलिया, माल्दिभ्स, कोलम्बिया, जस्ता देशमा श्रम सम्झौता नभएकाले सरकारले वैदेशिक रोजगारीमा बाटो खुल्ला गरेपनि नेपालीहरू रोजगारका लागि जान सकेका छैनन्।

संसदीय समितिले वि।सं। २०७३ साल चैत २० गते खाडी राष्ट्रमा घरेलु कामदार पठाउन रोक लगाउन सरकारलाई निर्देशन दिएसँगै युएईमा घरेलु काममा महिला कामदारलाई आउन रोक लगाइएको छ। नेपाल सरकारले नयाँ कानून ल्याएपछि विगत लामो समयबाट युएईमा काम गर्दै आएका नेपाली महिला कामदार यसबाट प्रत्यक्ष प्रभावित भएका छन्। देशमै रहेरपनि गास, बास र कपासको लागि समेत निकै संघर्ष गर्नुपर्छ। एक त नेपालमा रोजगारीको प्रशस्त अवसर छैन भने जनचेतना र दक्षजनशक्तिको कमी छ। सानै उमेरमा विवाह गर्यो, अनि परिपक्व भइसक्दा तीन चार सन्तान हुन्छन्। उमेरको परिपक्कता नभएकै कारण श्रीमान्–श्रीमतिबीच राम्रो सम्बन्ध हुँदैन। कोही पुरुष अर्को विवाह गर्छन् त कोही निकम्बा भएर आफू केही गर्न नसक्ने र घरपरिवारलाई पाल्न नसक्ने अवस्थामा पुग्छन्। अनि त्यो सबै जिम्मेवारी महिलालाई जान्छ। उनीहरु घर परिवारलाई सहयोग गर्ने बालबच्चाको पढाई लेखाई राम्रो बनाउने ठूलो सपना बोकेर विदेश हिँड्न बाध्य हुने गर्छन्।

त्यस्तै पुरुषहरुको पनि उस्तै स्थिति छ। घरपरिवारलाई आफूले नै हेर्नुपर्ने। सबै जिम्मेवारी बहन गर्नुपर्ने भएपछि नेपालको अस्थिर राजनीतिक घटनाक्रम अनि सरकार परिवर्तनको खेलमा व्यस्त नेताहरुका कारण नेपाल नाजुक स्थितिमा पुगेको छ। यो अवस्थामा वैदेशिक रोजगारलाई अंगाल्नुको विकल्प नभएपछि आँखा बन्द गरेर विदेश निस्कछन्। तर, यसपछि के होला रु कस्तो काम होलारु कति तलब होला भन्ने कसैको नजर अन्दाज रहँदैन। यस्ता प्रवृतिको निकै ठूलो जमात युएईका विभिन्न राज्यहरु पाउने गरिन्छ। विदेशिनेमा महिला र पुरुष दुवै छन्। कोही घुम्न आउने बहानामा अध्यागमनको सेटिङबाट आउछन्, त कोही तेस्रो मुलुकबाट आउने गर्छन्। यसरी युएई भित्रिने क्रम अहिले व्यापक भइसकेको छ। किनभने सरकारले यो बारेमा त्यति चासो देखाएको पाइँदैन। विभिन्न समयमा विभिन्न पार्टीका सरकार बने, तर पनि यो समस्याको लागि केही पहल भएन।

अध्यागमन सेटिङबाट होस् अथवा श्रम स्वीकृत लिएर या त तेस्रो मुलुकबाट युएई ल्याइएका धेरैजसो घरेलु कामदार पीडित बनेका छन्। नेपालीद्वारा खोलिएका किलिङ कम्पनीबाट भिषा निकाली घरेलु कामदारको रुपमा मोलमोलाई गरेर महँगो पैसामा बेचिएपछि कोही कम्पनीबाट, कोही काम गर्ने घरबाट पीडित बन्ने गरेका थुप्रैका गुनासाहरु सुन्न पाइन्छ।

पछिल्लो समयमा युएईमा स्थापना भएका विभिन्न जिल्लागत समाज, पार्टीका भातृ संगठन, पत्रकार महासंघ युएई शाखा, नेपाली समाज, गैरआवासीय नेपाली संघ युएई लगायत संस्थाले उद्दार गर्छन्। कतिपय त्यसको फाइदा लिँदै उनीहरुले आर्थिक सहयोग गर्छन् भनेर पनि जानाजानी युएई भित्रिएको घटना धेरै छ। विडम्बना राजदूताबास अबुधाबीले बिनाहक मोटो रकम लिएर युएई ल्याई खान बस्न र काम समेत दिन नसक्ने मानव तस्करको नाम पटक–पटक गरेर सार्वजनिक गरेको भएपनि त्यसको कुनै सुनुवाई नभएको दूतावासका उच्चपदस्थ कर्मचारी बताउँछन्।

खासगरी, महिला कामदारहरु आर्थिक, मानसिक, शारीरिक रुपले पीडित छन्। जसले गर्दा धेरै समस्या र यातना भोग्नु परिरहेको छ। अर्कोतिर चेलीहरु आर्थिक, मानसिक, शारीरिक रुपमा स्वस्थ्य र सबल भई राम्रोसँग आफ्नो गुजारा र परिवारका लागि केही सहयोग गरिरहनु भएको पनि छ। यस्तो परिस्थितिमा नेपालबाट आउँदा अथवा लामो समय खाडीमुलुक बसेर छुट्टी गएका चेलीहरुको श्रम स्वीकृतिलाई सम्बन्धित निकायले कसरी हेरेको छ, र हेर्नुपर्छ। यो विषय आजको गहन विषय भएको छ। यहीँ समस्याले गर्दा धेरै चेलीहरु मेनपावरका दलाललाई मोटो रकम दिएर चोरबाटो हुँदै विभिन्न जोखिमको सामना गर्दै आउनु पर्छ। त्यतिमात्रै नभए यहाँ आएपछि पनि काम नपाए अलपत्र पर्नेको त ठूलै जमात रहेको छ।

काम नपाए अलपत्र परेर दूताबास र विभिन्न सामाजिक संस्थाको सहारा लिएर नेपाल फर्कनु पर्छ। यस्तो अवस्थामा अब घरेलु कामदार भिषामा आउने चेलीबेटीहरुको सहजता र चोरबाटो बन्द गर्न श्रम स्वीकृतिलाई व्यवस्थित गर्ने कि नगर्नेरु लामो समय बसेका महिलाहरु छुट्टीमा गएर आउन पाउने कि नपाउनेरु लामो समय घरेलु कामदार भिषामा काम गरेकाहरुको लागि वैदेशिक रोजगार विभिन्न समस्यै समस्याले ग्रस्त छ। यो विषयमा सरकारले ठोस समाधनका लागि ध्यान दिनुपर्ने हो। तर, यसतर्फ सरकारको कहिले ध्यान गएन। न त नेपालीका हीतमा विदेशमा खुलेका संघसंस्थाले सरकारलाई दबाब दिन सके। न देशमा रोजगार गरेर खाने वातावरण बन्यो। जेनतेन विदेशमा बसेर परिवारपाली रहेका पचास लाख नेपालीलाई स्वदेशमै काम गर्न प्रोत्साहित गर्दै स्वदेश फर्काउन सरकारले कहिले सक्छ त्यो हेर्न बाँकी छ।

श्रम स्वीकृति, घरेलु कामदारको भिसा, पर्यटक भिसा लगाउने मात्र होइन, घरेलु कामदारमा गएर बिदा मनाउन नेपाल आएकाहरुलाई पनि काममा जान दिइएको छैन। उनीहरुले श्रम कार्यालयले श्रम स्वीकृति नवीकरण गर्ने गरेको छैन। पर्यटक भिसा लगाएकाहरुलाई त्रिभुवन विमानस्थलमा अध्यागमन कार्यालयले जान दिएको छैन। घरेलु कामदार जान रोक लगाएपछि सरकारको अहिले चौतर्फी आलोचना भइरहेको छ। घरेलु कामदार बिदामा आएपनि काम गर्न विदेश पठाउन सरकारले रोक्न नहुने सरोकारवाला बताउँछन्। तसर्थ घरेलु कामदारमा रोक लगाउ भन्नासाथ रिइन्ट्री, वैध तथा अवैध सबै बाटोबाट जाने पर्ने र कानूनले सबैलाई एउटै तराजुमा राखेर व्यवहार गर्नुपर्ने परिपाटीको अन्त्य हुन आवश्यक छ। कहिले खुल्छ त भन्ने प्रश्नको जवाफ अब सरकारले दिनुपर्छ।

डिल्ली हुमागार्इ
बुद्धशान्ति–३, झापा
हालः युएई
२०७४ चैत २६ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *