Menu

बागलुङमा नि:शुल्क मुटु शिविर सुरु : अस्पतालमा बिरामीको घुईँचो : बरिष्ठ कार्डियो सर्जन श्रेष्ठ आएनन् !

डम्मर बुढा मगर, बागलुङ २०७४ चैत २६ । धौलागिरी अन्चल अस्पतालमा मुटु रोग सम्वन्धी नि:शुल्क शिविर सुरु भएको छ । करीब ३ सय जनाको मुटु परीक्षण गरिने लक्षका साथ सुरु भएको मुटु शिविरमा बिहानै देखी विरामीको निकै भीड लागेको छ । शिविरमा मुटुरोग सम्बन्धी नियमित औषधी सेवन गरेका एबं दीर्घ मुटुरोगीलाई बिशेष प्राथमिकता दिईने बताईएको छ ।

शिविरमा काठमाडौका बरिष्ठ कार्डियो सर्जन डा पुकार श्रेष्ठको नेतृत्वमा बरिष्ठ मुटु रोग बिशेषज्ञहरुको टोली बागलुङ आउने पूर्व घोषणा गरिएपनि यो समाचार लेख्दा सम्म बरिष्ठ कार्डियो सर्जन डा श्रेष्ठ आई पुगेका छैनन् । उनी नआएपछी उनलाई जँचाउने आशाले आएका बिरामीहरुमा निराशा छाएको देखियो । केहि बिदेशी (अमेरिकी) बरिष्ठ चिकित्सकहरु र केहि नेपाली बरिष्ठ चिकित्सकहरुले बिरामीको परीक्षण गरिहेका छन् ।

नेपाल भाषा:मंका:खल बागलुङको आयोजनामा सन्चालित यस शिविरमा विरामीको चापलाई मध्यनजर राख्दा शिविर एक दुई दिन बढाउने पर्ने स्थानीयको भनाई रहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *