जैमिनी नपा- ७ बोरको भगवती प्राविलाई सहयोग रकम जुट्दै

कुस्मीसेरा, २०७४ चैत २६ । जैमिनी नगरपालिका वडा न. ७ जैदी बोरमा रहेको भगवती प्राथमिक विद्यालयको शैक्षिक गुणस्तरमा बृद्धिगर्ने उद्देश्य सहित प्रवासमा रहेका जैमिनी नगरबासीले आर्थिक संकलन अभियान सुरु गरेका छन् ।

अभियान अन्तरगत जैमिनी नगरपालिका वडा न. ७ जैदी बोर घर भई हाल दुवईमा कार्यरत देवेन्द्र रानाले २५ हजार रुपैयाँ सहयोग प्रदान गरेका छन् । रानाले बागलुङबाट प्रकाशित परिसूचन साप्ताहिक पत्रिकाको नेपाल बैङ्क लि.को खाता न.०२२००१०६४७६८६१०००००१ मा सो रकम जम्मा गरेका हुन् ।
विद्यालयलाई कम्प्युटर सहयोग प्रदान गर्ने र विद्यालयमा शैक्षिक गुणस्तर सुधारको लागि रानाले सो रकम सहयोग गरेका हुन् । प्रवासमा रहे पनि आफु जन्मेको ठाउँ प्रतिको उत्तरदायित्व सम्झेर आफुले सहयोग गरेको रानाले बताए ।

जैमिनीमा जन्मेर विदेशमा कर्मथलो बनाए पनि जन्मभुमि प्रतिको हरेक गतिविधी र विकास निर्माणमा आफुहरुको सक्रिय भुमिका हुने समेत उनको भनाई छ । प्रवासमा राना र जङ्गबहादुुर केसीको नेतृत्वमा अभियान सञ्चालन भइरहेको छ ।

विदेशबाट नै खाता सञ्चालन गर्न कठिन हुने भएकोले बागलुङबाट प्रकाशित परिसूचन साप्ताहिक पत्रिकाको खातामा रकम जम्मा गरिने उनले बताए । अभियानमा संलग्न हुन चाहने व्यक्तिहरुले नेपाल बैङ्क लि. को खातामा रकम जम्मा गर्न आग्रह गर्दै त्यसको भौचर पठाउन समेत रानाले आग्रह गरेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *