Menu

ढोरपाटन महोत्सब हुन पाँच दिन बाँकी रहँदा आन्तरीक तयारी तिब्र : १२० स्टल बुकिङ !

छबिलाल पाण्डे बुर्तिवाङ २०७४ चैत २६ । आगामि २०७५ साल बैसाख १ गतेदेखि बुर्तिबाङमा हुने ढोरपाटन महोत्सबको आन्तरिक तयारी तीब्ररुपमा अघि बढेको छ । महोत्सब नजिकीदै गर्दा प्रचार प्रसार ,आर्थिक ब्यबस्थापन,कार्यक्रम स्थल ब्यबस्थापन, कलाकार ब्यबस्थापन , बजार सरसफाई लगाएतका मुख्य कार्यक्रमलाई तिब्रता दिईएको हो ।

२०७५ बैसाख १ देखि ७ गतेसम्म हुने बुर्तिबाङकै प्रथम महोत्सबलाई सफल पार्न बिभिन्न समिती ,उपसमितीहरु सक्रियरुपमा लागि परेक छन् । महोत्सबका लागि खुल्ला गरिएको स्टल बुकिङ पुरा भईसकेको छ । १ सय स्टल बाहिरी क्षेत्रबाट र स्थानीय २० वटा गरी हालसम्म १ सय २० स्टल बुकिङ भईसकेको मुख्य आयोजक संस्था उधोग बाणिज्य संघ ईकाई बुर्तिबाङका महासचिब राम सुबेदीले बताए । आयोजकले १ सय २० सम्म स्टल बुकिङकालागि आफनो स्टलको दर्ता गर्नका निम्ती आग्रह गरेको थियो । अहिले धमाधम स्टलहरु निर्माण भैरहेका छन् ।

स्टल बुकिङ गरिएकोमा बढी फेन्सी ब्यबसायको स्टल दर्ता छ । त्यस्तै खेलौना, खाजानास्ता,ईलेक्ट्रोनिक्स, घरेलु उत्पादन, खाद्यान्न लगाएतका ब्यापारका लागि स्टल निर्माण कार्य तीब्ररुपमा भैरहेको छ । प्रति स्टल १० हजार र सो भन्दा माथि बहुराष्ट्रिय कम्पनीले १५ हजार रुपैया सम्म रकम तिरेर बुकिङ गरेको आयोजकले जानकारी दिए ।

पहिलो पटक बुर्तिबाङमा हुन लागिरहेको महोत्सबका कारण सबैको चासो बढिरहेको छ । हालसम्म बिभिन्न संघसंस्थाबाट ३० लाख बढि रकम संकलन भईसकेको र बाँंकी बोल रकम र अन्य बजारक्षेत्रमा समेत सहयोग संकलन भईरहेको बताईएको छ ।

करिब ६५ लाख आम्दानी र सोहि अनुपातमा खर्च अनुमान गरिएकोमा जिल्लाका चार स्थानीय तहले सहआयोजकको रुपमा आर्थिक सहयोग गर्ने प्रतिबध्धता जनाईसकेका छन् भने अन्य ६ तहमा समेत पत्र र भेटघाट मार्फत जानकारी गराउंदै चुलेनिम्तो समेत बांँडि सकिएको छ । त्यस्तै बिभिन्न बित्तिस संस्था, उद्योग, टेलिकम लगाएतका क्षेत्रबाट समेत सहयोग भईरहेको आयोजकको भनाई छ ।

कृर्षि प्रर्यटन, तथा औधोगिक ब्यापार मेला भन्ने नारासहित सञ्चालित महोत्सबमा अल्का मेला सहित बिभिन्न डेढ दर्जन चर्चित राष्ट्रिय तथा स्थानीय ख्यातिप्राप्त कलाकारहरुको साँगीतिक प्रस्तुती रहने महोत्सवमा मरुभुमिमा पाईने उंटको नचरी, क्रस्टिज चरा, हेलीकप्टर बाट ढोरपाटन सम्मको मनोरम यात्रा, स्थानीय स्तरका बिभिन्न भैलो, पञ्चेबाजा, नांच, लगाएत स्थानयि संस्कृतिको प्रर्दशनी ,एवम पुरुष महिला भलिबल , प्रदेश चारस्तरीय ब्याडमिन्टन, ताराखेल, राष्ट्रिय सिएचआईटिएफ प्रतियोगिता, कविता प्रतियोगिता, झांकी प्रर्दशनी, रस्साकस्सा, बिधालय स्तरीय हाजिरी जवाफ, बक्तृत्जकला प्रतियोगिता, महिला छेलो लगाएतका बिबिध कार्यक्रम समेत सञ्चालन हुने भएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *