Menu

एम्बुसमा परे बडीगाड खोलाका एक क्विन्टल माछा … !

बागलुङ २०७४ चैत २६ । बागलुङ जिल्लामा मीठो माछा पश्चिममा बडीगाड खोला, मध्यभागमा बग्ने दरम (तारा) खोला र दक्षिण भेगको ठेउले खोला मानिन्छ । यी खोलाहरुका माछा भनेपछी आलो होस या सुकुटी (पोलेको या फ्राई गरेको) सबैको मुख रसाएर आउँछ । सामान्यतया यी खोलाहरुमा जाल खेलेर, हत्केला खेलेर, दुवाली थुनेर, करेन्ट लगाएर, बल्छी थापेर, तीप राखेर, ढडिया थापेर वा अँधेरी काटेर वा अन्य तरतिबले माछा मार्ने गरिन्छ । तर केहि दशक पहिले सम्म बम हानेर माछा मार्ने प्रचलन पछिल्लो समय टोटल्ली बन्द जस्तै छ ।

जाल खेलेर माछा मार्ने पुरानो चलन गाउँघरमा यद्यपि छ । केहि वर्ष यता करेन्ट लगाएर माछा मार्ने प्रचलन निकै बढेको छ । यस प्रविधीले माछा मार्दा अन्य जलचरहरुको पनि नाश हुने हुँदा यसको स्थानीयस्तरमा निकै बिरोध हुँदै आएको छ । करेण्ट लगाएर माछा मार्दा केहि व्यक्तिहरुको ज्यानै समेत गएको छ । यो प्रविधी रोक्न वा निरुत्साहित गर्न कानूनमा कुनै व्यवस्था गरेको पाईदैन, न स्थानीय निकायले यसलाई नियन्त्रण नै गर्न चासो देखाएको देखिन्छ । करेण्ट लगाएर माछा मार्ने गरेको कालीगण्डकी देखी गाउँघरका खोलाहरुमा छ्याप्छ्याप्ती भेट्न सकिन्छ । अहिल आएर दुवालो थुन्ने चलन घटेको छ, बल्छी थाप्नेहरुपनि कम नै देखिन्छन् । जलारी र करेण्टधारीहरु नै बढी सक्रिय रहेको अवस्था छ ।

हाल आलो माछाको मुल्य प्रति किलो रु ५ सय देखी माथी र सुकुटी माछा प्रति किलो रु ५ हजारमा बिक्री हुने गरेको छ । मध्यपहाडी लोकमार्गको निर्माण संगै दरम र बडीगाड खोलाको माछाको माग उच्च रहेको छ । माछा मार्नेहरुले कुनै सटिक प्रविधीबाट माछा मार्ने गरेको स्थानीयको बुझाई छ । ठेउले खोलामा जलप्रवाह घट्दै गएपछी पछिल्लो समय दरम र बडीगाड खोला नै मीठो असला माछाको लागि चिनिन्छन् ।

यसैबीच गत चैत १२ गते दिउँसो बडीगाड गाउपालिका साबिक ग्वालिचौर गाविसको खार बजारको पुछारमा बडीगाड खोलामा नुहाई रहेका केहि युवाहरुले खोलामा मरेका माछाहरु बगेर आएको देखेपछी छोप्न थाले । आधा केजी तौल सम्मका गर्दी जातका माछाहरु कालले मरेका नभएर कुनै सटिक प्रविधीको शिकार बनेको बुझ्न उनिहरुलाई धौ भएन । श्रोतका अनुसार खारबजार माथी दाह्रेढुंगा अगाडी बडीगाड खोलाको काली रह (तस्बीर) मा एम्बुस (बम) पड्काएर कम्तिमा एक क्विन्टल गर्दी/असला जातमा माछा मारिएको रहेछ ।

एकदुई जनाको मात्र सहमतिमा यो काम संभव नभएको स्थानीय बताउछन् । ग्वालिचौर स्थित प्रहरी चौकीका असई महदत्त शर्मालाई गत चैत २३ गते ईबागलुङले सोद्धा आफुलाई केहि थाहा नभएको बताए । घटनास्थल देखी केहि मिटरको दूरीमा रहेको प्रहरी चौकीले थाहा नपाउनुलाई स्थानियले पचाउन सकेको अवस्था छैन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *