Menu

जनता माबि पेयूँथन्थापको नतिजा प्रकाशित : विद्यार्थीको उज्ज्व भविष्यको कामना- श्री

कुस्मीसेरा २०७४ चैत २६ । जैमिनी नगरपालिका- ९ पैयुँथन्थाप स्थित जनता माध्यमिक बिद्यालयमा वार्षिक परीक्षाको नतिजा प्रकाशित भएको छ ।
सो अवसरमा प्रमुख अतिथीको आसनबाट बोल्दै समाजसेवी लक्ष्मणश्रीले आफुले अध्ययन गरेको विद्यालयमा उपस्थित भएर दुई चार शव्द बोल्न पाएकोमा खुशी व्यक्त गर्दै परीक्षामा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरुको उज्ज्वल भविष्यको हार्दिक कामना व्यक्त गरेका छन् ।

प्रमुख अतिथी श्रीले नयाँ वर्ष २०७५ को हार्दिक शुभकामना व्यक्त गर्दै यो अवसर दिएकोमा विद्यालयका प्रध्यानापक लगायत सबै शिक्षक व्यवस्थापन समितिलाई धन्यवाद पनि दिए ।

सो अवसरमा कक्षा १ देखी कक्षा १० दशको परीक्षामा प्रथम, व्दितिय र तृतिय हुने विद्यार्थीहरुलाई उनले आफ्नी आमाको नाममा स्थापना गरेको बिजुला स्मृति अक्षय कोषको व्याजबाट व्याग, तिलोचन, सवित्रा, बिष्णुकुमारी स्मृति अक्षयकोष बाट स्टेसनरी समान पुरस्कार वितरण गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *