प्रवास: ए वान नेपाल स्पोर्ट क्लबको आयोजनामा ओसकामा बैशाख २ गते सांगीतिक धमाका !

भीम श्रीस, जापान २०७४ चैत २६ । कला, संस्कृति र खेलकुदको जगेर्नामा रोजगारीका लागि विदेशिएका नेपालीहरुको निकै ठुलो भूमिका रहेको छ। यस मामिलामा जापानमा रहेका नेपालीहरु धेरै अगाडी छन्। सुविधा सम्पन्न जापान यस्तो देश हो जहाँ नेपाली विध्यार्थी तथा कामदारहरुको संख्या निकै उच्च रहेको छ। यस हिसाबले पनि आयोजकहरुले बेलाबेलामा मनोरंजनका कार्यक्रम गरिरहन्छन्। नेपाली नयाँ बर्षको अवसरमा यसपाली जापानको शिन ओसाका कोको प्लाजामा सांगीतिक धमाका हुने भएको छ। सन २०१८ को अप्रिल १५ तथा २०७४ वैशख २ गते हुने सांगीतिक धमाका साँझ ५ बजे देखि सुरुवात हुनेछ।

ए वान नेपाल स्पोर्ट क्लब ओसाका जापानको आयोजनामा हुन लागेको उक्त कार्यक्रममा, नेपालबाट चर्चित गायिका सम्झना लामिछानेले दर्शकलाई नचाउने छन् भने, उनको साथमा अन्य कलाकारहरु सिरु गौतम, मनिसा तामाङ्, आरजु काउचा देवी दर्लामी मगर लगायतको प्रस्तुति रहनेछ।

‘ए वान क्लब जापानमा रहेका खेलाडीहरुको क्लब हो। जापानमा रहेका पूर्व र युवा खेलाडीहरुलाई एकिकृत गर्ने, भाईचारा बढाउने उदेश्य क्लबको हो।’ कल्बका अध्यक्ष नर बहादुर जुगजाली थप्छन्( हामीले खेलकुद मात्र हैन, कला, संस्कृतिको पनि जगेर्ना गर्नु छ, जहाँ रहेपनि नेपालको माटोमा हुर्केका हामी आफ्नो पनको माया भैहाल्छ, त्यसैले सबै नेपालीहरु मिलेर कार्यक्रम सफल पारौ भन्ने चाहाना छ।’

जुगजालीका अनुसार, भविष्यका दिनहरुमा पनि क्लबले मनोरंजनको क्षेत्रमा मात्र नभई समाजसेवाको क्षेत्रमा पनि काम गर्नुछ। ुसबै नेपाली दाजुभाई दिदीबहिनीहरु आउनुहोस्, पवित्र भावनाले केहि गरौु, क्बका सचिव तलक ग्यावली भन्छन्- ‘यहाँ रहेका सबै मित्रहरुले साथ, सहयोगले मात्र कार्यक्रम भव्य हुन सक्छ। हामीले सबैबाट माया, साथ र सहयोगको अपेक्षा राखेका छौ।’

कार्यक्रममा नेपाली एकता पन्चे बाजा समूहको प्रस्तुती पनि रहने आयोजकले जनाएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *