तरुणदल जैमिनीको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा थापा

बागलुङ २०७४ चैत २५ । नेपाल तरुणदल जैनिमी नगरपालिकाको प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनको उद्घाटन गर्दै तरुणदल बागलुङका जिल्ला अध्यक्ष उमाकान्त शर्मा बाबुले तरुणदल काँग्रेसको सहयात्री भएका कारण हरेक क्रियाकलापमा सक्रिय रुपमा सहयोग गर्ने बताए । उनले संघिय संरचना अनुसार अबको दिनमा नगर र गाउँमा तरुणदल झन सशक्त रुपमा प्रस्तुत हुने बताउँदै काँग्रेसको संगठन विस्तारका लागि पनि अगाडि बढने बताए ।

त्यस्तै नेपाली काँग्रेसका जिल्ला सचिव नवराज पौडेलले तरुणदलका हरेक क्रियाकलाप र गतिविधिमा पार्टिको सधै साथ रहने भन्दै आम सर्वसाधारणको हरेक दुःखमा तरुणदलले साथ दिने बताए ।

कार्यक्रममा नेपाल विद्यार्थी संघका केन्द्रिय सहमहामन्त्री हरिहर शर्मा, नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष उमकान्त पौडेल, काँग्रेस बागलुङ क्षेत्र नं २ का क्षेत्रीय सचिव विष्णु प्रसाद आचार्य, नेपाल टे«डयुनियन लगायतल काँग्रेसका निवर्तमान अध्यक्ष रामप्रसाद अधिकारी, लगायतले बोलेका थिए ।
अधिवेशनले रोहित थापाको अध्यक्षतामा १५ सदस्यीय नेपाल तरुणदल जैनिमी नगरपालिका चयन गरेको छ ।

समितिको उपाध्यक्षमा गोविन्द बहादुर थापा, सचिवमा पुरन श्रीष, सहसचिवमा प्रदिप क्षेत्री र कोषाध्यक्षमा टिकादेवी शर्मा रहेका छ । नेपाल तरुण दलका क्षेत्रीय अध्यक्ष दलबहादुर श्रीष रानाको अध्यक्षा, उपाध्यक्ष देवेनद्र पौडेलको स्वागत र सचिव राजु पौडेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *