Menu

मृगौला पीडित अधिकारीलाई बेलायत वस्ने नेपालीवाट १४ लाख बढी सहयोग !

कमल पौडेल, बागलुङ (खर्वाङ) २०७४ चैत २५ । मृगौला रोगवाट पीडित राष्ट्रिय सभा सदस्य शान्ति कुमारी अधिकारी जिसीको मृगौला प्रत्यारोपणको लागि बेलायतमा वस्ने नेपालीहरुले सहयोग गरेका छन्। शनिवार काठमाडौंमा भएको एक कार्यक्रममा उनिहरुले १४ लाख ७७ हजार रुपैयाको चेक पीडित अधिकारीलाई हस्तान्तरण गरेका हुन्।

क्षेत्री समाज वेलायत, बागलुङे समाज बेलायत, शारदा कुँवर, प्रतिमा केसी, लक्ष्मी वस्नेत लगाएत वेलायतबासी नेपालीहरुको तर्फवाट संयुक्त रुपमा सो रकम हस्तान्तरण गरिएको हो। बागलुङ जिल्लाको बडीगाड गाउँपालिका वडा नं. २ सिमलचौर निवासी अधिकारी साढे २ वर्ष देखि मृगौला रोगवाट पीडित छन । निरन्तर राजनीति र महिला आन्दोलनमा क्रियाशील अधिकारीको मृगौला प्रत्यारोपणको प्रक्रिया वीर अस्पताल काठमाडौंमा चलिरहेको छ।

अधिकारीका श्रीमान गोविन्द अधिकारीले मृगौला दान गर्ने र सो प्रत्यारोपणको लागी झण्डै २० लाख भन्दा वढी लाग्ने भएपछि सहयोगको लागी अधिकारी जिसीले सहयोगको अपिल गरेकी थिईन् । पीडित शान्ति अधिकारी जिसीले सहयोगदाताहरुलाई धन्यवाद व्यक्त गरेकी छन् ।

कार्यक्रममा सहयोगदाताको तर्फवाट क्षेत्री समाज वेलायतका प्रतिनिधि एवं आजीवन सदस्य धन वहादुर क्षेत्री, बागलुङे समाज वेलायतका नरसिंह छन्त्याल एवं प्रेमकुमारी छन्त्यालले सो चेक हस्तान्तरण गरेका हुन् । चेक हस्तान्तरण गर्दै दाताहरुले अधिकारी जिसीको स्वास्थ्य लाभको कामना गरेका थिए ।
कार्यक्रमको संचालन एल.वि. कुँवरले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *