Menu

तमान चैत्राष्टमी मेला : तारा खेलको उद्घाटन, ब्याडमिन्टनमा सुरेन्द्र/प्रकाशको जोडी प्रथम !

बसन्त घर्ति मगर , तमान २०७४ चैत २५ । चैत्राष्टमी मेलाको छैठौं दिन आज तारो खेलको उदघाटन र प्रथम सिद्ध बराह खुल्ला ब्याडमिन्टन प्रतियोगिताको फाइनल सम्पन्न भएको छ ।

तमान युवा क्लब, तमानले आयोजना गरेको चैत्राष्टमी मेलाको ( २०७४ को अबसरमा आयोजित विविध प्रतियोगितात्मक कार्यक्रमहरु मध्ये आज तारो खेलको उदघाटन पूर्व वरिष्ठ भलिबल तथा तारो खेलाडी शंकर भट्टचनले गरेका थिए ।

त्यसै गरि आजै सम्पन्न भएको प्रथम सिद्ध बराह खुप्रकाश ल्ला ब्याडमिन्टन प्रतियोगिताको फाइनल खेलमा ढोरपाटन नगरपालिका वडा नं ६ खानीका सुरेन्द्र बुढा मगर र बुढामगरको जोडी प्रथम र बुर्तिवाङ व्याडमिन्टन संघका इन्द्र बहादुर घर्ती मगर र सलिम पौवीको जोडी व्दितिय भएका छन । साथै आज पनि क्षेत्रीय कलाकारहरुको प्रस्तुती र स्थानिय कलाकारहरुको सास्कृतिक (नृत्य) प्रस्तुती पनि रहनेछ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *