प्रवास : युएई नेपाली एकता समाजबाट बिदाई भएर स्वदेश फर्किए भण्डारी

खिमलाल पाण्डे, युएई २०७४ चैत २५ (०८, अप्रिल, २०१८) । मजदुरहरुको हकहितमा एकमुष्ठ आवाज उठाउदै आइरहेको संगठन युएई नेपाली एकता समाजले गत शुक्रबार एकनना सक्रिय सदस्यलाई एक कार्यक्रमको आयोजना गरि युएई बाट बिदाई गरेको छ ।

गत शुक्रबार भएको बिदाई कार्यक्रमको अध्यक्षता युएई नेपाली समाजका विशाल बस्नेतको उपस्थिति रहेको थियो भने संचालन सचिब बिष्णु गैरेले गरेका थिए ।

बिदाई कार्यक्रमको प्रमुख अतिथि संगठनका संस्थापक सदस्य कृष्ण भुसाल रहेका थिए । बिशेष अतिथिमा अन्तर्राष्ट्रिय नेपाली एकता समाज केन्द्रीय सदस्य एवं युएई नेपाली एकता समाज निबर्तमान अध्यक्ष कृष्ण केसीको उपस्थिति रहेको थियो । त्यस्तै अन्य अतिथीहरुमा साबित्रा घिमिरे अध्यक्ष युएई नेपाली एकता समाज महिला बिभाग , लेखनाथ अधिकारी निबर्तमान कोषाध्यक्ष युएई नेपाली एकता समाज , करण केसी रक्तिम बिभागको उपस्थिति रहेको थियो । साथै युएईमा कार्यरत समाज सेवी , बुद्दिजिबी लगाएत पत्रकारहरुको उपस्थिति रहेको थियो ।

बिगत चार साल देखि संगठनमा आबद्द युएईमा रहेर सक्रिय भूमिका निर्बाह गर्दै आइरहेका अबुधाबी क्षेत्रीय समिति सदस्य देबिराम भण्डारीको उच्च मुल्यांकन गर्दै स( सम्मानका साथ् बिदाई गरिएको हो ।

उक्त कार्यक्रममा उपस्थित प्रमुख अतिथि ,बिशेष अतिथि क्रमश कृष्ण केसि , निरु शर्मा , साबित्रा घिमिरे , करण केसि, कृष्ण भुषाल , लेखनाथ अधिकारी लगाएत अन्य सहभागीहरुले शुभकामना दिएका थिए ।

भण्डारीले प्रत्युत्तरमा आफ्नो जन्म भुमि फर्किन लागेकोमा खुशी ब्यक्त गर्दै म जस्तै तपाईहरु पनि आफुले यहा सिकेको सिप लिएर छिट्टै स्वदेश फर्किनुहोस भन्दै सबैलाई आग्रह समेत गरेका थिए । पैसा मात्रै सबैथोक नभएको उनको भनाई थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *