निसी स्वास्थ्य संस्थामा सामाजिक परिक्षण कार्यको सार्वजनिकरण

छविलाल पाण्डे २०७४ चैत २५ । निसीखोला गांउपालिका अन्तगैत निसी स्वास्थ्य चौकीको सामजिक परिक्षण सार्वजनिकरण कार्यक्रम सम्पन भएको छ । निसी स्वास्थ्य चौकी सञ्चालन तथा ब्यबस्थापन समिती एव वडा नं ६ का अध्यक्ष सुर्य बहादुर घर्तीको अध्यक्षता, रहेको कर्याक्रममा गांउपालिका प्रमुख तारानाथ पौडेलको प्रमुख आतिथ्यता रहेको थियो ।

सामाजिक परीक्षण कार्यक्रको आयोजक संस्था गल्कोट सामुदायिक सेवा केन्दको आयोजनामा उतm कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमका अबसरमा सामाजिक परिक्षक मञ्जु शर्मा चालीसेको सहजिकरण रहेको थियो ।

उतm अबसरमा सेवा प्रदायक संस्था निसी स्वास्थ्य चौकीको निती कार्यक्रम, कार्यान्वयन, ब्यबहार, आर्थिक पारदर्सिता, श्रोत पहिचान, लगाएतका बिषयमा र सेवाग्राही, सेवाप्रदायक र सरोकारवालाहरु सबैको धारणाका आधारमा बिश्लेषणान्तमक लेखाजोखा गरिएको थियो । उतm प्रकृयाका कारण सेवा प्रदान गर्ने अबस्थामा प्राप्त उपलब्धि तथा सुधारात्मक अबस्थालाई तेश्रो पक्षद्धारा सार्वजनिक गरी जिम्मेवारी सहितको कार्ययोजना तयार गर्नमा सहजता हुने बताईएको थियो ।

जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङ को आर्थिक सहयोगमा सञ्चालीत उतm कार्यक्रम नंया भएका कारण केहि समस्या भएपनी अन्य तहमा कार्यक्रमलाई अगाडि बढाउंदै गर्दा सबैमा जानकारी रहने बताईएको थियो ।

कार्यक्रमा निसीखोला गांउपालिका प्रमुख पौडेल, प्रमुख प्रसासकीय अधिकृत सुनिल पनेरुको मन्तब्य, स्वास्थ्य संस्था प्रमुख जुनी घर्तीको स्वागत, स्वास्थ्य संयोजक टोपबहादुर चन्दको शुभकामना रहेको कार्यक्रमको सचालन सिअहेब भुमिरजा घर्तिमगरबाट भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *