तमानमा चैत्राष्टमी मेला जारी, पाँचौ दिन आज क्षेत्रीय कलाकारहरुको बेजोड प्रस्तुति !

वसन्त घर्ती मगर, बागलुङ तमान २०७४ चैत्र २४ । चैत्राष्टमीको अबसर पारि तमान युवा क्लब, तमानखोला गाउँपालिका ( ३ तमान, बागलुङले आयोजना कलाकारहरुको प्रस्तुति गरेको चैत्राष्टमी मेला – २०७४ को पाँचौ दिन आज क्षेत्रीय तथा स्थानिय स्तरका रहेको थियो ।

कार्यक्रममा लोकगायक कृष्ण क्षेत्री, लोक तथा दोहोरी गायक कमल शिरीष मगर र लोक तथा दोहोरी गायिका तारा थापाको प्रस्तुतिमा स्थानिय युवारयुवतीहरुले नाचेर रमाइलो गरेका थिए ।

उक्त कार्यक्रममा कलाकारहरुको प्रस्तुती हेर्न तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुदा मगर र स्रोत व्यक्ती बेद बहादुर बुढा मगरको समेत उपस्थिति रहेको थियो । साथै आज फुटबल खेलको क्वाटर फाइनलका खेलहरु, पुरुष भलिबलको पहिलो चरणका खेलहरु र तारो खेलहरु पनि भएको छ । त्यसैगरी भोलि साझमा यहाँका भाइबैनीहरुको सास्कृतिक कार्यक्रम हुने कुरा पनि आयोजक समितिले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *