नेपाल रेडक्रस सोसाइटी उपशाखा तमानमा नर्या कार्यसमिति गठन !

बसन्त घर्ती मगर, बागलुङ (तमानखोला) २०७४ चैत २४ । नेपाल रेडक्रस सोसाइटी उपशाखा तमान, बागलुङ्को बार्षिक साधारण सभा तथा दोस्रो अधिबेशन सम्पन्न भएकोछ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी जबरबहादुर लामिछानेले दुर्गम बस्तिहरुमा आईपर्ने प्राकृतिक विपत्तिहरुमा रेडक्रसको भुमिका महत्वपुर्णहुने र रेडक्रसका अभियन्ताहरुलाई सक्रियताका साथ स्वयंसेवी भुमिका निर्वाह गर्न अनुरोध गरे ।

कार्यक्रम तमान उपशाखाका अध्यक्ष जोकलाल बुढा मगरको अध्यक्षता, सचिव तेजेन्द्र घर्ती मगरको सन्चालन र जिल्ला शाखा बागलुङका सभापती जब्बर बहादुर लामिछानेको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो ।

सो कार्यकममा जिल्ला शाखा बागलुङ्का उपसभापती तथा निर्वाचन अधिकृत राजेन्द्र आचार्य र कार्यक्रम संयोजक श्याम कोइरालाले बोलेका थिए।
उक्त सभाले तेजेन्द्र घर्ति मगरको सभापतित्वमा ४ बर्षका लागि ९ सदस्यीय नयाँ कार्यसमिती सर्बसहमतिमा गठन गरेको छ । समितिको सदस्यहरुमा मनकुमारी बुढाथोकी मगर, प्रकाश पुन मगर, बिकल बुढाथोकी मगर, रोहित बुढामगर, चिनाकुमारी बुढामगर, ईश्वरी घर्ती बुढा मगर, टीका बुढा मगर र होम बहादुर घर्ती मगरलाई चयन गरिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *