प्राविधिक टोलीले टेलिकमको टावर मरम्मत गरेपछी ढोरपाटनमा टेलिफोन सेवा सुचारु !

डम्मर बुढा मगर, ढोरपाटन २०७४ चैत २४ । ढोरपाटन नगरपालिका-९ ढोरपाटनमा केहि समय अघिमात्र नेपाल टेलिकमको टावरले काम गर्न थालेको छ । करीब एक महिना देखी टावरको मोडियम बिग्रिएपछी टेलिफोन सेवा अवरुद्ध बनेपछी स्थानीयहरु सन्चार सम्पर्क विहीन बनेका थिए ।

आजै काठमाडौँबाट आएको प्राविधिक टोलीले टावरको मरम्मत गरेपछी टेलिफोन सेवा सुचारु भएको ढोरपाटनबाट सहकर्मी दिलमायाँ अदैले बताईन् । १५ मिनेट अघिबाट टेलिफोन सेवा सुचारु भएको हो, सहकर्मी अदैले भनिन् कतिबेला बीचबीचमा सम्पर्क काटिने गरेपनि, अब टेलिफोन सेवा सूचारु हुने विश्वास स्थानीयवासीले गरेका छन् ।

उता बुर्तिवाङबाट दीपक पराजुलीले ढोरपाटनमा टावर मरम्मत पछी टेलिफोन सेवा सन्चालनमा आएको जानकारी दिएका छन् ।

तस्वीर- दीपक पराजुली, बुर्तिवाङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *