Menu

बडीगाड गाउँपालिकाको कार्यालय खौलारबाट खारबजार स्थानान्तरित !

छविलाल पाण्ड, बागलुङ २०७४ चैत २४ । बडीगाड गाउपालिकाको खौलारमा रहेको गाउपालिका कार्यालय आज साबिक ग्वालिचौर गाविसको खारबजारमा स्थानान्तरित गरिएको छ ।

खारबजारबासीले साढे ९ रोपनी जग्गा गाउपालिकाका निम्ति नि:शुल्क उपलब्ध गराएको र तत्काल गांउपालिका कार्यालय सन्चालनका निम्ति सुबिधा सम्पन्न भवन भाडामा पाईएकाले कार्यालय स्थानान्तरण गरिएको गाउपालिका अध्यक्ष मेयरसिंह पाईजाले ईबागलुङलाई बताए ।

स्थानान्तरित कार्यक्रममा बुर्तिवाङका समाजसेवी तुलसीराम अर्याल, प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा, गाउपालिकाका वडाध्यक्षहरु, राजनीतिक दलका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

कार्यालय स्थानान्तरण कार्यक्रम बडीगाड ५ का वडाध्यक्ष अर्जुनप्रसाद खरेलको अध्यक्षतामा भएको थियो भने सन्चालन कलाधर घिमिरेले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *