बडीगाड- ६ घ्वाङमा चट्याङले पाँच जना घाईते, गम्भीर तीन जनालाई पोखरा रिफर !

बिमल खड्का, बागलुङ २०७४ चैत २४ । आज विहानै देखीको अबिरल वर्षा सँगै साढे सात बजे चट्याङ परेर एकै घरमा रहेका पाँच जना घाईते भएका छन् । बडीगाड गाउपालिका वडा नं ६ घ्वाङमा चट्याङ परि वर्ष ३६ की गंगा थापा, १४ वर्षिया सविना थापा १४ बर्षकै भूमि सिँजाली, वर्ष १२ की लक्ष्मी माकिम र वर्ष १५ की गीता माकिम घाईते भएका छन् ।

घाईते मध्य गम्भीर अवस्थाका गंगा थापा, सविना थापा र भुमि सिँजालीलाई थप उपचारका लागि पोखरा रिफर गरिएको छ ।चट्याङबाट घाईते बनेका लक्ष्मी माकिम र गीता माकिमको खारबजार स्थित बडीगाड अस्पतालमा उपचार भैरहेको छ । मोबाईल चलाईरहेको बेला घरमा चट्याङ परेको थियो ।

चट्याङ पछी त्यस क्षेत्रमा विद्युत सेवा बन्द भएको छ भने चट्याङ परेको घर नजिकका नरबहादुर सिँजाली, कुमबहादुर सिँजाली र गंगा थापाको घरहरुलाई चट्याङले क्षेती पुराएको स्थानीयले बताएका छन् । यी सबै घरका विद्युत मिटर जलेको बताईएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *