Menu

चौबीस घण्टा देखी बिद्युत आपुर्ति नहुँदा गल्कोटबासीको बिजोग ! सन्चार क्षेत्र प्रभावित !

गल्कोट २०७४ चैत २४ । गल्कोट क्षेत्रमा हिँजो देखी बिजुली नभएर स्थानीयबासीको बिजोग छ । गड्याङ् गुडुङ सहित हिँजो दिउँसो परेको वर्षा पश्चात निभेको बिजुली अहिले दिउँसो ३ बजेसम्म बलेको छैन ।

कहाँ के भयो र बिद्युत आपुर्ति हुन सकेन भनेर जानकारी लिन विद्युत प्राधिकरण कार्यालयका प्रमुखलाई ३/४ पटक फोन गर्दापनि फोन उठेन भन्दै प्राविधिक कर्मचारीले बिहुँमा हेर्दैछौँ भन्ने जवाफ दिन्छन् पत्रकार थम्मन थापा सन्देशले ईबागलुङलाई बताए ।

विद्युत आपुर्ती ठप्प भएपछी ईन्टरनेट सेवा पनि प्रभावित बनेकोले सन्चार क्षेत्र पूरै प्रभावित बनेको उनले बताए । आज विहान देखी परेको वर्षा थामिएपनि बिद्युत सेवा भने सुचारु हुन नसकेको थापाको भनाई छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *